Type Here to Get Search Results !

कोरोना देखी डराउने हैन,सर्तक रहने हो ः पुर्व मन्त्री वर्षमान पुन

होलेरी रोल्पा जेष्ठ ३१ गते सोमवार रोल्पाको रुन्टीगढी गाउँपालिकामा पुर्व उर्जा, सिंचाई तथा जलस्रोत मन्त्री वर्षमान पुन र पुर्व सभामुख ओनसरी घर्तीद्धारा रुन्टीगढी गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । स्थानिय तहहरुमा पछिल्लो समयमा कोरोना संक्रमण वस्तीस्तरमै देखिन थालेपछि कोरोनालाई न्युनिकरण गर्नको लागी अहिले विभिन्न संघ संस्था तथा समाजसेवी ,राजनैतिक दलवाट स्थानिय तहहरुलाई स्वास्थ्य सामाग्रीहरु सहयोग भैरहेको छ। यसै क्रममा रुन्टीगढी गाउँपालिकालाई पुर्व मन्त्री तथा पुर्व सभामुखद्धारा अक्सीजन कन्सटेटर ,पिपिई सेट,माक्स,एन्जीन किट लगायतको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो । स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रमको अध्यक्षता रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढा, प्रमुख अतिथी पुर्व उर्जा, सिंचाई तथा जलस्रोत मन्त्री वर्षमान पुन, विशिष्ट अतिथी पुर्व सभामुख ओनसरी घर्ती, अतिथीहरुमा नेकपा माओवादी रोल्पा जिल्ला अध्यक्ष सुरेन्द्र घर्ती,गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बासुदेव भट्टराई लगायत को उपस्थितीमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो । कार्यक्रममा बाल्दै प्रमुख अतिथी पुर्वमन्त्री पुनले अहिले को परिस्थीति नागरिक वचाउने समय भएकोले सम्पुर्ण आम समुदाय राजनैतिक दललाई कोभिड १९ कोरोना भाईरसलाई न्युनीकरण गर्नको लागी एकजुट हुन आग्रह गर्नुभएको छ ।फरक प्रसंगमा वोल्दै पुनले कोरोना देखी डराउने होईन सर्तक चाही रहनैपर्ने कुरामा जोड दिनुभएको छ । कार्यक्रमको समापन गर्दै रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाले कोरोना महामारीको यो समयमा पुर्व उर्जा, सिंचाई तथा जलस्रोत मन्त्री वर्षमान पुन ,पुर्व सभामुख ओनसरी घर्ती लगायत नेकपा माओवादी केन्द्र लुम्विनी प्रदेशले रुन्टीगढी गाउँपालिकालाई गरेको स्वास्थ्य सामाग्री कोरोना न्युनीकरणको अभियानमा मद्यत पुग्ने भन्दै धन्यवाद समेत ब्यक्त गर्नुभएको छ । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गणेश बुढा को स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण भागवत घिमिरेले गर्नुभएको थियो।।