Type Here to Get Search Results !

रोल्पाको होलेरीमा शनिवार निशुल्क तरकारीबाली शिविर सम्पन्न

असार १३, होलेरी रोल्पा अष्ट्रेलियनएडको आर्थिक सहयोग आड्रा नेपाल, रुपान्तरणको प्राबिधिक सहयोग र रुडास नेपाल को सामाजिक परिचालनमा रोल्पा जिल्लाको रुन्टीगढी गाउँपालिकामा संचालन भएको कृषितथाजीविकोपार्जन प्रबद्र्धन गोल २ परियोजनाको आयोजनामा निःशुल्क बालिउँपचार सिविर रोल्पाको होलेरी मा शनिवार सम्पन्न भएको छ । सिबिरमा ७७ जनाको उपस्थीति रहेको थियो । बालिउँपचार सिविरमा कृषिज्ञान केन्द्र रोल्पाका कार्यालय प्रमुख भरतमणि पोख्रेल , बालिबिज्ञ पिताम्बर बस्नेत, रुन्टीगढीगाउँपालिकाका कृषि शाखा प्रमुख हिमापुन मगर तथा गोल परियोजनाका प्राबिधिकहरुको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको छ । कृषक हरुमा देखीएको बिभिन्न समस्याहरुको सल्लाह सुझाव तथा आवश्यक बिषादि हरुको वितरण भएको छ ।उक्त कार्यक्रममा गाउँपालिका प्रबक्ता जगत बहादुर घर्ती मगरको अध्यक्षता र प्रमुख प्रसासकियअधिकृत बासुदेव भट्टराई को प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको सहजीकरण परियोजनाका रुन्टीगढी गाउँपालिका संयोजक बासुदेव पोख्रेलले गर्नु भएको जानकारी प्राप्त भएको छ ।