अनलाइन टिभि पत्रकार संघ रोल्पाको अध्यक्षमा भुवन थापा चयन

१४,असार होलेरी रोल्पा अनलाइन टिभि पत्रकार संघ रोल्पाको अध्यक्षमा भुवन थापा चयन हुनुभएको छ । सोमवार रोल्पाको होलेरीमा आयोजित अनलाइन पत्रकारहरुको भेलाले भुवन थापाको अध्यक्षतामा एकजना पछि थप गर्ने गरी १३ सदस्य नयाँ तदर्थ कार्यसमीती चयन गरेको हो । उक्त भेलाले उपाध्यक्षमा मिलन रोकामगर, सचिवमा रबिन्द्र पुन,सह सचिवमा मोहन डाँगी कोषाध्यक्षमा बलविर नेपाली लाइ चयन गरेको छ भने सदस्यहरुमा दिल मगर,चेतमान वाठा, विरेन्द्र घर्ति, अमृत वली, खगेन्द्र पुन, भुपेन्द्र घर्ति र ज्ञान वहादुर पुनलाई चयन गरेको छ ।त्यस्तै सल्लाहाकार समितिमा २ जना पछि थप गर्नेगरी नेपाल पत्रकार महासंघ रोल्पाका उपाध्यक्ष सन्तोष शर्मा र सहसचिव भिम वलीलाई चयन गरीएको छ । नेपाल अनलाइन टिभि पत्रकार संघका सस्थापक केन्द्रीय सदस्य तथा भेलाका केन्द्रीय प्रतिनिधी अमृतमान वलीको अध्यक्षता एव रुन्टीगढी गाउँपालीकाका अध्यक्ष बालाराम बुढाको प्रमुख आतिथ्यतामा भएको उक्त भेलामा नेपाल पत्रकार महासंघ रोल्पाका उपाध्यक्ष सन्तोष शर्मा,नेकपा माओवादी लुम्विनी प्रदेश कमिटि सदस्य गोविन्द पुन नजर, नेपाली कांग्रेस रुन्टीगढीका सचिव चेतलाल खत्री,दाङका पत्रकार सुजल जि.एम लगायत अनलाइनमा आवद्ध २० जना पत्रकारहरुको सहभागीता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी समेत रहनुभएका रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाले कुनाकन्दरामा भएका समस्या तथा घटनाहरुलाई बाहिर जनता समक्ष ल्याउने कार्य पछिल्लो समयमा अनलाईन टिभी लगायतका मिडियाहरुले गरेको उल्लेख गर्दै, मिडिया मार्फत प्रशारण गरिएको समाचार वा लेख रचनाहरुले हाम्रो गाउँसमाजमा सकारात्मक परिवर्तन ल्याउनको लागी अहम भुमिका निर्वाह गर्ने विश्वास लिएको कुरामा जोडदिनुभएको छ। टप नेपाल टिभी का संचालक रविन्द्र पुनको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रमको सहजीकरण राष्ट्रिय टेलिभिजनका संचालक भुवन थापाले गर्नुभएको वताईएको छ।
Share on Google Plus

About Radio Holeri FM

The world can be heard simultaneously on Radio Holeri FM 1.2.5 MHz and online at www.news.radioholeri.com. This radio is located at Runtigadi-6 Holeri in Rolpa district. So far the first commercial radio is in favor of commercial radio in Rolpa district. Est. 2074 /06/. 500 watt radio is currently being heard in more than 18 districts of Holeri Bazaar, which is broadcasting from its own building through an uplink in Gadhilek, now at 2119 Heights of Runtigadi.ic.