Type Here to Get Search Results !

शिक्षक महासंघ सुनछहरी द्धारा गाउपालिकालाई ध्यानाकर्षण पत्र

१६,असार होलेरी रोल्पा चित्र वियोग झाकृ मगर रोल्पाको सुनछहरी गाउँपालिका स्तरीय नेपाल शिक्षक महासङ्घले सुनछहरी गाउपालिकालाई माग तथा ध्यानाकर्षण पत्र बुझाएको छ। संघिय सरकारले आर्थिक बर्ष २०७८÷०७९ देखी वाल विकास केन्द्रमा कार्यरत शिक्षकको रु ८ हजार र स्थानीय तहबाट रु ७ हजार थप गर्नेगरि जम्मा मासिक १५ हजार हुने गरि घोषणा गरिएको तर सुनछहरी गाउपालिकाले सोही बमोजिमको बजेटको ब्यबस्था नभएकोले ,गाउँपालिका स्तरिय महासंघले त्यसमा आपत्ति जनाउँदै निर्णय सच्याउन अपिल गर्दै मागपत्र बुझाएको नेपाल शिक्षक महासङ्घ पालिका सह अध्यक्ष राजकुमार रानाले बताउनुभयो । कोरोनाको महामारीमा शिक्षक उच्च जोखिम मोलेर अग्रपङ्तीमा रहेर काम गरिरहेकाले तत्काल सबै शिक्षकहरुलाई खोपको ब्यबस्था गर्ने र यदि खोपको ब्यबस्था नभएसम्म पठनपाठन गर्न असमर्थ रहेको ब्यहोरा समेत उक्त ज्ञापन पत्रमा उल्लेख गरिएको छ । पालिका सह सचिब रेगबहादुर पुन (रेशम सङगित)का अनुसार नेपाल शिक्षक महासङ्घ केन्द्रिय समितिद्वारा घोषित कार्यक्रमलाई पुर्ण रुपमा कार्यान्वयन गर्ने गराउनका लागि पालिका स्तरीय समिति प्रतिबद्ध रहेको कुरा बताउनुभएको छ। गाउँपालिकाका अध्यक्ष आस बहादुर पुनमगरले माग पत्र प्रति सकारात्मक प्रतिक्रिया दिनुभएको छ। शिक्षक हरुलाई कोरोनाको खोपको बारेमा आफुले विभिन्न निकाय सङ्ग पहल जारी राखेको ले छिटोभन्दा छिटो पालिका भित्रका सम्पुर्ण शिक्षकहरुले खोप पाउनेमा धुक्क हुन शिक्षकहरुलाई अनुरोध गर्नु भएको छ । साथै पालिका भित्रका बालविकास शिक्षक र बिधालय कर्मचारीहरुलाई नेपाल सरकारले ब्यवस्था गरेअनुसारको न्युनतम पारिश्रमिक को ब्यबस्था क्रमश गर्दै जाने भनी निती तथा कार्यक्रम ल्याएको बताउनुभएको छ ।संघले मासिक तलब १५ हजार घोषणा गरेको तर त्यसको लागि छुट्टै बजेटको ब्यबस्था नगरेकोले स्थानीय तहबाटै सबै अर्थिक ब्यय भार थपिएकोले अहिले २÷२ हजार थपिएको र आगामि आर्थिक बर्षको लागि पालिकाको आन्तरिक श्रोतबाट बा.वि .के. शिक्षक र बिधालय कर्मचारिहरुको तलब २÷२ हजारका दरले वृद्धि गर्न बजेतको ब्यबस्था गरेको बताउनु भयो । पालिका भित्रका शिक्षक र शैक्षिक क्षेत्र सङ्ग सम्बन्धित समस्याहरुको बारेमा आफू निरन्तर लागि रहेको बताउनु भयो।