Type Here to Get Search Results !

होलेरीमा लैङगिक समानता तथा सामाजिक समावेशीकरण मुल प्रवाहीकरण सम्वन्धी २ दिने कार्यशाला सुरु

१४,असार होलेरी रोल्पा सोमवार प्रदेश प्रतिष्ठान नेपालगंजको सहयोग,जनउत्थान समाज विकास केन्द्र दाङ को सहजीकरण तथा रुन्टीगढी गाउँपालिकाको आयोजनमा रोल्पाको होलेरीमा लैङगिक समानता तथा सामाजिक समावेशीकरण मुल प्रवाहीकरण सम्वन्धी २ दिने कार्यशाला सुरु भएको छ । रुनटीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाको अध्यक्षमा भएको उक्त कार्यशालामा उपाध्यक्ष छमायाँ पुन,प्रमुख प्रशासकिय अधिकृत बासुदेव भट्टराई,प्रशिक्षकहरु लुम्विनी प्रदेश प्रतिष्ठान नेपालगंजका कमल गौतम, जनउत्थान समाज विकास केन्द्र दाङका कुल बहादुर डाँगी लगायत रुन्टीगढी गाउँपलिकाकाका विषयगत शाखा प्रमुख हरुको उपस्थिीती रहेको थियो । २ दिन सम्म चल्ने उक्त कार्यशालामा लैङगिक समानता तथा सामाजिक समावेशीकरण मुल प्रवाहीकरण सम्वन्धी स्थानिय तहले गरेको सवल पक्ष र सुधार पक्षको वारेमा छलफल गरिने जानकारी प्राप्त भएको छ। कार्यक्रमको सहजीकरण रुन्टीगढी गाउँपालिकाका महिला वालवालिका तथा जेष्ठ नागरिक शाखाका शाखा प्रमुख शिला मल्ल ले गर्नु भएको थियो।