कृषि तथा जिविकोपार्जन प्रबद्र्धन गोल २ परियोजनाद्धारा विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न

होलेरी रोल्पा जेष्ठ २३ गते “नयाँ सोच र सिर्जना, प्राकृतिक प्रणालीको पूनस्र्थापना”भन्ने मूल नाराका साथ शनिवार आयोजना भएको विश्व वातावरण दिवसको अवसरमा रुन्टीगढी ५ सैवाङमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । ”अष्टे«लियन एडको आर्थिक सहयोग, आड्रा नेपाल, रुपान्तरण र ग्रामीण विकास तथा चेतना समाज रुडास नेपालद्वारासंचालित कृषितथाजीविकोपार्जन प्रबद्र्धन गोल २ परियोजना र रुन्टीगढी गाउँपालिकातथा वडा कार्यालयको संयुक्तपहलमा यस कार्यक्रम सम्पन्न गरिएको हो । रुन्टीगढी गाउँपालिकाका सामाजिक विकास संयोजक याम बहादुर दशौदी रानाको अध्यक्षतामा भएको वृक्षारोपण कार्यक्रमका लागी गोल २ परियोजनाको ३१ हजार ५ सय ३० रुपैया को आर्थिक सहयोग वाट उक्त कार्यक्रम संचालन गरिएको जानकारी गोल २ का रुन्टीगढी गाउँपालिकाका संयोजक वासुदेव पोखरेल ले जानकारी दिनुभएको छ। कोरोनाको महामारीको अवस्थामापनि स्वास्थ्यका मापदण्ड तथा सामाजिक दुरी कायम गर्दै यस वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको थियो । गोल २ परियोजनाको आर्थिक सहयोगवाट धुपि ३१ वटा, कपुर ३६ वटा, बोटल ब्रस ३५ वटा, नीम ८ वटा, रुद«ाक्ष ११ वटा, कविर फूल २१ वटा, श्रीखण्ड ८ वटा र अशोका ३० वटा गरी १८० वोटविरुवाको व्यवस्था गरिएको थियो । वृक्षारोपण कार्यक्रमको अवशरमा रुन्टीगढी गाउँपालिकाका सामाजिक विकास संयोजक एवं ५ नं का वडा अध्यक्ष याम वहादुर दशौदी रानाले भिमसेन माध्यमिक विद्यालय, सैबाङ्गको प्रांगणमा अशोका रुखको विरुवा रोपी उद्घाटन गर्नुभएको थियो । उक्तविद्यालयमा नै २०४२ सालमा वातावरण दिवशको अवसरमालगाइएका बोटविरुवाहरु मध्ये उचित संरक्षणको अभावमाएउटा मात्रै बाँकी रहेको बकैनाको बोट देखाउंदै रुखबिरुवा हरु हाम्रालागि धेरै महत्वपूर्ण रहेको र लगाईएको विरुवाको संरक्षण र सम्बर्धन अनिवार्य रहेको कुरामा जोड दिनुभयो । बृक्षारोपन कार्यक्रममा भिमसेन माध्यमिक विद्यालयका प्रधानाध्यापक जोख बहादुर रोका “विद्यालयको वातावरण हरियो र सोभनियपार्नका लागि परियोजनाले उत्प्रेरणा दिएको वताउदै , विद्यालयले आफ्नो परिसरलाई वातावरणमैत्री बनाउनका लागी रुखकाविरुवाहरुलाई संरक्षण गर्ने कुराहरुमा प्रतिबद्ध रहेको कुरा बताउनु भएको छ । कार्यक्रममा रुपान्तरणका रवि रौनियार कर्मचारीहरु, र कृषक समुहका लाभान्वित सदस्यहरुको सहभागिता रहेको थियो । परियोजनाको समन्वयमा रुन्टीगढी गाउँपालिकाको तीन वटा वडा कार्यालयको (वडा नं ५ दुविडाँडा, वडा नं ७बान्द्रे, र वडा नं ४ मसिना) परिसर र वडा नं ४ कै अस्थाई प्रहरी चौकीमा वृक्षारोपणको कार्य भएको जानकारी प्राप्त भएको छ ।कार्यक्रममा बोल्दै रुन्टीगढी ४ का अध्यक्ष पारसमणि गिरीले आगामी दिनमा पनि यस्तै वातावरण दिवस लगायत अन्य सामाजीक दिवसहरुमा सामाजिक कार्य गर्नको लागी बजेत विनियोजन गर्ने योजना रहेको कुरा बताउनुभयो । कार्यक्रमको समापनगर्दै वडा नं. ५ का वडाअध्यक्ष यामबहादुर दशौदीले परियोजनाले विश्ववातावरण दिवसको अवसरमा गरेको सहयोगकालागी धन्यवाद ज्ञापन गर्दै आगामीदिनमा सहकार्य र समन्वय अगाढी बढोस् भन्ने कामनासमेत गर्नुभएको थियो कार्यक्रमको सहजीकरण वासुदेव पोख्रेलले गर्नुभएको थियो ।
Share on Google Plus

About Radio Holeri FM

The world can be heard simultaneously on Radio Holeri FM 1.2.5 MHz and online at www.news.radioholeri.com. This radio is located at Runtigadi-6 Holeri in Rolpa district. So far the first commercial radio is in favor of commercial radio in Rolpa district. Est. 2074 /06/. 500 watt radio is currently being heard in more than 18 districts of Holeri Bazaar, which is broadcasting from its own building through an uplink in Gadhilek, now at 273 Heights of Runtigadi.ic.