Type Here to Get Search Results !

रुन्टीगढी रोल्पामा असार ५ सम्म वस्तीस्तरको योजना छनौट गर्दै

होलेरी रोल्पा जेष्ठ २७ गते रुन्टीगढी गाउँकार्यपालिकाको बैठक बुधवार सम्पन्न भएको छ । रुन्टीगढी गाउँकार्यपालिकाको बैठकमा गाउँपालिकामा कोरोनाबाट ज्यान गुमाउने प्रती भावपुर्ण श्रद्धान्जली तथा कोरोना संक्रमितको सिघ्र स्वास्थ्यलाभको कामना गर्दै बैठकको सुभारम्भ गरिएको थियो। रुन्टीगढी गाउँपालिकाले गत आर्थिक वर्षको कार्यक्रमहरुको समिक्षा गर्दै ,बैठकमा आर्थिक वर्ष २०७८÷७९को वजेटको खाका सम्पुर्ण वडा तथा सम्वन्धीत शाखामा पठाइसकेको र यस आर्थिक वर्षको लागी पेश गरिने बजेट निती तथा कार्यक्रमको लागी रुन्टीगढी गाउँपालिकाको सम्पुर्ण वडाहरुमा २०७८ असार ५ गते सम्म अनिवार्यरुपमा वस्तीस्तरको योजना छनौट गरी गाउँपालिकामा पेश गरिसक्नुपर्ने निर्णय गरेको छ । यस्तै प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा सस्तो औषधी पसल संचालनको लागी रुन्टीगढी गाउँपालिकावाट १२ लाख रुपैयाँ विनियोजन गर्ने लगायतको निर्णय गरेको छ । रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकमा उपाध्यक्ष छमायाँ पुन,प्रमुख प्रशासकिय अधिकृत बासुदेव भट्टराई,गाउँपालिकाका प्रवक्ता जगत बहादुर घर्ती,लगायत सम्पुर्ण कार्यपालिकाका सदस्यहरु,विषयगत शाखाका शाखा प्रमुखहरुको उपस्थितीमा बैठक सम्पन्न भएको हो । बैठकमा रुन्टीगढी गाउँपालिकाका सम्पुर्ण शाखा प्रमुखहरुले आफ्नो शाखाको कार्य प्रगती विवरण प्रस्तुत समेत गर्नुभएको थियो। कार्य विवरण प्रस्तुत गर्दै रुन्टीगढी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गणेश बुढाले अहिले सम्म रुन्टीगढी गाउँपालिकामा ८५ जनामा कोरोना पोजेटिभ भएको जसमध्ये ३ जनाको मृत्यु भैसकेको उल्लेख गर्नुभएको छ ।यस्तै अहिले गाउँपालिकामा ४० जनाले कोरोनालाई जित्न सफल भएको र ४२ जनामा अझै कोरोना संक्रमण सक्रिय रहेको जानकारी दिनुभएको छ । अहिले गाउँपालिकाको वस्तीस्तरमा कोरोना भाईरसलाई ब्यापक हुन नदिनको लागी रुन्टीगढी गाउँपालिकाले विभिन्न वडाहरुमा कोरोना चेकजाँचलाई ब्यापक वनाएको छ । वस्तीस्तरमा पिसिआर र एन्टीजेन विधिवाट कोरोना परिक्षण भएको र रोल्पाको होलेरीमा प्रत्येक शनिवार कोरोना परिक्षण भैरहेको समेत बताइएको छ । अहिले सम्म होलेरी आईसोलेसन तथा वस्तीमै कोरोना परिक्षण गर्दा १९६ जनामा पिसिआर परिक्षणमा ४१ जना पोजेटिभ भएको र ४१५ जनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा ४४ जनामा कोरोना पोजेटिभ भएको वताईएको छ । रुन्टीगढी गाउँपालिकामा अहिले सम्म ६११ जनामा कोरोना परिक्षण गरिएको वताईएको छ। रुन्टीगढी गाउँपालिकाको वडा नं १ मा १०० जनामा कोरोना परिक्षण गर्दा ८ जना पोजेटिभ,वडा नं ४ मा ४४ जनामा परिक्षण गर्दा ७ जना,वडा नं ५ मा ३६ जनामा कोरोना परिक्षण भएको र सवैको रिपोर्ट नेगेटिभ आएकोे ,वडा नं ६ मा १०० जनामा परिक्षण गर्दा ५ जनामा पोजेटिभ, वडा नं ७ मा १४ जनामा परिक्षण गर्दा १ जना पोजेटिभ र वडा नं ८ मा ५९ जनामा कोरोना परिक्षण गर्दा ५ जना र रुन्टीगढी आईसोालेसन मा ६२ जनामा कोरोना परिक्षण गर्दा १८ जनामा कोरोना संक्रमण भएको जानकारी दिनुभएको ्छ । बैठकको समापन गर्दै गाउँपालिकाका अध्यक्ष बुढाले वस्तीस्तरमै कोरोनाको जोखिमका बावजुत पनि यहाँका स्थानिय नागरिकको कार्यसम्पादन तथा सहजताको लागी अग्रभागमा रहेर काम गर्ने सम्पुर्ण कर्मचारीहरुलाई धन्यवाद दिदै आगामी आर्थिक वर्षमा ल्याउन लागेको निती तथा कार्यक्रममा जनताको समस्या र चाहाना समेत्नको लागी वस्तीस्तरको योजना छनौटको समयमा नागरिकको आवाज व्यापक समेत्नको लागी सम्वन्धीत सम्पुर्णलाई आग्रह समेत गर्नुभएको छ ।यस्तै गाउँपालिकामा कोरोना विरुद्धको अभियानमा साथ र सहयोग गर्ने सम्पुर्ण संघसंस्था,समाजसेवी तथा सहयोगी मनहरुप्रती उच्च सम्मान ब्यक्त गर्नुभएको छ । कार्यपालिकाको बैठकको सहजीकरण प्रमुख प्रशासकिय अधिकृत वासुदेव भट्टराईले गर्नुभएको प्रवक्ता जगत बहादुर घर्तीले जानकारी दिनुभएको छ ।