Type Here to Get Search Results !

रुन्टीगढी ६ द्धारा स्वास्थ्य चौकि डुब्रिङलाई ईलेक्ट्रिक कन्सनटेन्ट र अक्सिमिटर हस्तान्तरण

१७,असार होलेरी रोल्पा विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस को तेस्रो लहरलाई मध्यनजर गर्दै विहिबार रुन्टीगढी गाउपालिका ६ नं.वडा कार्यालय बाट स्वास्थ्य चौकि डुब्रिङलाई ईलेक्ट्रिक कन्सनटेन्ट र अक्सिमिटर हस्तान्तरण गरिएको छ । एक कार्यक्रमका विच रुन्टीगढी गाउँपालिका ६ नं वडा समितीका अध्यक्ष जगत बहादुर घर्तीले स्वास्थ्य चौकि डुब्रिङका सिनियर अहेव भद्रसिंङ पुनलाई उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको हो । स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा वोल्दै रुन्टीगढी गाउँपालिका ६ नं वडा समितीका अध्यक्ष जगत बहादुर घर्तीले स्थानिय स्तरमा कोरोना भाईरस लाई रोकथाम तथा न्युनीकरण गर्न आम नागरिकहरु सचेत हुनुपर्ने कुरामा जोड दिदै वडास्तरमा कोरोना संक्रमित लाई पर्याप्त अक्सिजनको लागी यी सामाग्रीहरु हस्तान्तरण गरिएको वताउनुभएको रुन्टीगढी गाउँपालिकाका प्रशासन सहायक तथा ६ नं वडा समितीका सचिव भागवत घिमिरेले जानकारी दिनुभएको छ ।