रुन्टीगढी शिक्षक महासंघ रोल्पाद्धारा गाउँपालिकालाई ध्यानाकर्षण पत्र
08:53
असार १७ होलेरी ,रोल्पा
रोल्पाको रुन्टीगढी गाउँपालिका स्तरीय नेपाल शिक्षक महासङ्घले रुन्टीगढी गाउपालिकालाई माग तथा ध्यानाकर्षण पत्र बुझाएको छ।
संघिय सरकारले आर्थिक बर्ष २०७८÷०७९ देखी वाल विकास केन्द्रमा कार्यरत शिक्षकको रु ८ हजार र स्थानीय तहबाट रु ७ हजार थप गर्नेगरि जम्मा मासिक १५ हजार हुने गरि घोषणा गरिएको तर रुन्टीगढी गाउपालिकाले सोही बमोजिमको बजेटको ब्यबस्था नभएकोले कार्यान्वयन नगरेको भन्दै,गाउँपालिका स्तरिय शिक्षक महासंघले मागपत्र बुझाएको नेपाल शिक्षक महासङ्घ रुन्टीगढी गाउँपालिकाका अध्यक्ष भिम दशौदीले बताउनुभयो ।
कोरोनाको महामारीमा शिक्षक उच्च जोखिम मोलेर अग्रपङ्तीमा रहेर काम गरिरहेकाले तत्काल सबै शिक्षकहरुलाई खोपको ब्यबस्था गरिनुपर्ने समेत उक्त ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
ज्ञापन पत्र बुझ्दै रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाले माग पत्र प्रति सकारात्मक प्रतिक्रिया दिदै,शिक्षकहरुलाई कोरोनाको खोपको बारेमा आफुले विभिन्न निकाय सङ्ग पहल जारी राखेको भन्दै शिक्षक महासंघको विज्ञप्तीलाई बैठकमा छलफल गरिने,प्रदेश सरकार र संघिय सरकार समक्ष ज्ञापनपत्र लाई पठाउने र आवश्यक समन्वय गर्ने वताउनुभएको छ ।
उक्त कार्यक्रममा रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढा,प्रमुख प्रशासकिय अधिकृत बासुदेव भट्टराई, शिक्षा शाखा प्रमुख अञ्जु शर्मा,शिक्षक महासंघ रुन्टीगढी गाउँपालिकाका अध्यक्ष भिम दशौदी,सचिव लक्षिराम थापा,शिवराज शर्मा लगायत रुन्टीगढी गाउँपालिका अन्र्तगत शिक्षक महासंघ रुन्टीगढी गाउँपालिकाका सदस्यहरु ,विद्यालय कर्मचारी, वालशिक्षकहरुको उपस्थिीती मा उक्त ज्ञापनपत्र बुझाइएको हो ।