Type Here to Get Search Results !

नयाँगाउ रोल्पामा नेकपाका क्रियाशिल सदस्य, नेपाली कांग्रेसमा प्रवेश

होलेरी रोल्पा ,श्रावण ५ गते मंगलवार रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं ५ नयाँगाउमा करिव एक दर्जन स्थानिय नेपाल कम्युनिष्ट पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। रोल्पाको नयाँगाउमा एक कार्यक्रमको विच उनिहरुलाई पाटीमा स्वागत गरिएको वताइएको छ। देशमा फेरि कांग्रेसको अनिवार्यता छ ,भन्ने महुसुस गर्दै भ्रस्टाचार मुक्त, शुसासन युक्त समृद्ध समाज निर्माण गर्ने कांग्रेसको अभियानमा जोडीदै रुन्टीगढी गाउपालिका वार्ड नम्बर ५ नयाँगाउका वीर बहादुर पुनको नेतृत्वमा जितराज गिरि ,घनश्याम गिरि, घन्श्याम डी.सी,नारायण गिरि,ईन्द्रा गिरि,सीता गिरि ,गमि गिरि,सीता पुन लगायत नेपाली कांग्रेसमा प्रवेश गरेको वताइएको छ । नव प्रवेशी हरुलाई नेपाल तरुण दलका रोल्पा जिल्ला अध्यक्ष तिलक बुढाथोकी तथा नेपाली कांग्रेस रुन्टीगढी गाउँपालिकाका सभापती जनक पुनले अविर द्धारा स्वागत गरिएको रुन्टीगढी गाउँपालिका नेपाल तरुण दलका उपाध्यक्ष ओमराज घर्तीले जानकारी दिनुभएको छ ।