Type Here to Get Search Results !

होलेरी खानेपानी उपभोक्ताहरुको धारामा श्रावण १५ सम्म पानी आउने

श्रावण ८ गते, होलेरी रोल्पा विहिवार रोल्पाको होलेरी मा होलेरी खानेपानी सम्बन्धि बृहत् आम उपभोक्ता भेला सम्पन्न भएको छ। रोल्पाको होलेरी लगायत आसपासका क्षेत्रमा बर्षौ देखी स्थानियहरु खानेपानीको समस्या झेल्दै आईरहेका छन्, तर त्यो समस्या भने अव सुल्झने भएको छ । होलेरी लिफ्टिङ खानेपानी योजनाको काम अन्तिम चरणमा पुगेको होलेरी खानेपानी का अध्यक्ष गोविन्द पुन ले वताउनु भएको छ । उहाँले भन्नुभयो, यही श्रावण १५ गते सम्म उपभोक्ता को धारा सम्म पानी आउछ। संघिय सरकारको ३ करोड ९० लाख रुपैयाँको लागत भएको उक्त आयोजनामा रकम अभावको समस्या भई आयोजना विचैमा रोक्नुपर्ने जस्ता समस्या देखिन थालेपछी स्थानिय सरकार रुन्टीगढी गाउँपालिकाको करिव ५० लाख रुपैयाँ लागत थप गरिएको गाउँपालिकाका अध्यक्ष बालाराम बुढाले वताउनु भएको छ । आयोजनाको समयावधी ५ वर्षको भयपनि किन आठौ वर्ष सम्म काम भएको छैन भन्ने स्थानिय गुनासो माथी जवाफ दिदै खानेपानी आयोजनाका सचिव गोपाल डाँगीले ,आयोजनाको रकम ठुलो भएपनि प्रत्येक वर्षमा रकम कहिले १ लाख कुनै वर्ष ४ लाख रुपैयाँका दरले प्राप्त हुने भएको ले यसो भएको वताउनु भएको छ । छलफल कार्यक्रममा खानेपानी संचालन र व्यवस्थापन मा आयका समस्या को बारेमा बृहत् छलफल गरिएको थियो। कार्यक्रममा वोल्दै रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बुढाले होलेरीमा खानेपानीको समस्यालाई मध्यनजर गर्दै गत आर्थिकवर्षमा पालिकाले ५० लाख रुपैयाँ विनियोजन गरेको उल्लेख गर्दै स्थानिय स्तरमा विकासका कामहरु गर्दा नागरिकहरुको कर्तव्य र भुमिका महत्वपुर्ण पक्ष भएको ले सम्पुर्ण आम स्थानिय नागरिकहरुलाई कर्तव्य नविर्सन पनि आग्रह गर्नुभएको छ । खानेपानी समितीका अध्यक्ष गोविन्द पुनको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथीमा रुन्टीगढी गाउपालिका अध्यक्ष बालाराम बुढा , विशिष्ट अतिथी जिल्ला सम्न्वय उपप्रमुख बिमला थापा ,जनप्रतिनिधिहरु,राजनितीक दलका प्रमुख लगायत आम उपभोक्ता को उपस्थिति रहेको थियो । कार्यक्रम को सहजीकरण होलेरी मिडिया प्रा. लि. का सुबास चन्दले गर्नु भएको थियो।।