Type Here to Get Search Results !

शुभम् खनिज लाई मुरुल्लेमा उत्खनन् गर्न नदिइने खारा महिला सामुदायिक वन उपभोक्ताको निर्णय

श्रावण १२,होलेरी रोल्पा प्राकृतिक सौन्दर्यताको खानी मुरुल्ले, प्राकृतिक सम्पदाले आफै भरिपुर्ण छ। पछिल्लो समयमा यस क्षेत्रमा १२÷१६ अर्धब्यास भएको नमुनायोग्य काठैकाठको अर्धनारेश्रको मन्दिर निर्माणले झनै यस क्षेत्रमा सुनमा सुगन्ध थपिएझै भएको छ । दक्षिण रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं ६ मा रहेको मुरुल्लेलेक समुन्द्री सतहवाट करिव २१५० मिटरको उचाईमा रहेको छ । रोल्पाको रुन्टीगढी गाउँपालिकाकै गौरवको रुपमा रहेको यस मुरुल्ले लेकवाट उत्तर तर्फ जलजला,धौलागीरी,सिस्ने हिमाल लगायतका अन्य थुप्रै हिमश्रृङखला हरु प्रत्यक्ष रुपमा दृश्यावलोकन गर्न सकिन्छ भने दक्षिणतर्फ तराईका समथर भुभागहरु( दाङ लगायत भारतको तुलसीपुर वजार सम्म )देख्न सकिन्छ। स्वच्छ हावा,प्राकृतिक मनोरम दृश्य यस क्षेत्रको मुख्य विषेशता हो। अझ प्रत्येक वर्षको चैत्र र बैशाख महिनामा फुलेको धपक्क लालीगुराँस फुल,कुहुकुहु कोइलीको सुरीलो आवाज र यहाँका शुद्ध अर्गानिक फलफुलहरु काफल,चुत्रो र एैसेलुले यहाँ आउने पर्यटक तथा भक्तजनहरुको मनै प्रफुल्ल हुन्छ । प्राकृतिकरुपमै पवित्र स्थलको रुपमा रहेको मुरुल्लेलाई अझै पवित्र र आर्कषक वनाउनकोलागी यहाँको स्थानिय सरकार रुन्टीगढी गाउँपालिका र स्थानिय नागरिकको अथक प्रयासमा अहिले १२÷१६ अर्धव्यास भएको काठैकाठको अर्धनारेश्वरको मन्दिर तयार पारिएको मुरुल्ले म्याग्जीनगढी पर्यटकिय विकास संस्थाका अध्यक्ष चेतलाल पुनले बताउनुएको छ । रुन्टीगढी गाउँपालिकाको करिव २ लाख रुपैया,विभिन्न सामुदायिक वन उपभोक्ता समिती र मनकारी व्यक्तित्वको आर्थिक तथा जिन्सी सहयोग र स्थानिय नागरिकको श्रमदान बाट करिव ४० लाखको लागतमा उक्त मन्दिर तयार पारिएको अध्यक्ष पुनले जानकारी दिनुभएको छ। उहाँले भन्नुभयो,“अहिले तयार पारिएको अर्धनारेश्वरको मन्दिरमा हवनकुण्ड तयार पारेका छौ,अहिले दैनिक हवन गरी पुजापाठ भैरहेको छ,जसले गर्दा औसतमा प्रत्येक दिन विभिन्न जिल्ला वाट ३० देखी ४० जना सम्म श्रद्धालु भक्तजनहरु आउने गर्नुहुन्छ।” यस क्षेत्रलाई पर्यटकको प्रमुख गन्तव्यको रुपमा स्थापित गर्नको लागी धैरे सम्भावना रहेको मुरुल्ले म्याग्जीनगढी पर्यटकिय विकास संस्थाका सचिव सुवास चन्दले वताउनु भयो। उहाँले भन्नभयो ,“यो क्षेत्र धार्मिक दृष्टीकोणले मात्रै नभई पर्यटकिय क्षेत्रको रुपमा महत्वपुर्ण छ ,यहाँ वन्जीजम्पीङ, प्याराग्लाइडिङ र निश्चित क्षेत्रमा पिकनिक स्र्पोटको स्थापना गर्न सके धेरै पर्यटकहरु भित्राउन सकिन्छ।”तर मुरुल्लेको क्षेत्र आसपासमा चुनढुङ्गा उत्खनन्को कार्य हुन लागेको कुरा प्रति उहाँले चिन्ता ब्यक्त गर्नुभएको छ। मुरुल्लेको क्षेत्र आसपासमा चुनढुङ्गा उत्खनन्को कार्यले यहाँको प्राकृतिक सुन्दरतामा ह्रास आउने र यहाँका स्थानिय नागरिकलाई प्रत्यक्ष प्रभाव पार्ने भएकोले स्थानिय सरकार ,खानी तथा भुगर्भ विभागलाई समेत जानकारी गराईसकेको उहाँले जानकारी दिनुभएको छ ।
स्थानिय सरकार रुन्टीगढी गाउँपालिका रोल्पाको यस आर्थिक वर्षको मुल नारानै “कृषि तथा पर्यटन, विकासको मुलआधार” भएकोले यस नारालाई सार्थकता दिनको लागी स्थानिय सरकार र स्थानिय नागरिक एक भएर लागीपरेमा स्थानिय सरकारको आन्तरिक आयस्रोतमा वृद्धि हुनुको साथै यहाँका जनतामा रोजगारीको वातावरण श्रृजना हुने कुरामा कनै दुईमत नै छैन ।। तर पछिल्लो समयमा शुभम खनिज उद्योगले खानी उत्खनन्को लागी सक्रियता बढाएपछि सोमवार खारा महिला सामुदायिक बन उपभोक्ता समिती को बैठक वसेको छ । खारा महिला सामुदायिक बन उपभोक्ता समितीका अध्यक्ष अमृता घर्तीको अध्यक्षतामा बैठक वसी विभिन्न निर्णयहरु गरेको हो । निर्णयमा भनिएको छ,रुन्टीगढी गाउँपालिका वडा नं ६ मा रहेको मुरुल्ले लेकमा शुभम् खनिज उद्योगले उक्त क्षेत्रमा उत्खनन् कार्य गर्दा सामुदायिक वनका केही पदाधिकारीहरुले मात्र सहमती दिएको तर स्थानिय नागरिकको असहमती भएको भन्दै उक्त खानीलाई उत्खनन् गर्न नदिने निर्णय गरिएको छ । यस्तै स्थानियस्तरमा शुभम् खनिजलाई वन उपभोक्ता समितीवाट दिएको उत्खनन् सम्वन्धी सहमती पत्र लाई छानविन तथा खारेजीको लागी वन कार्यालयलाई निवेदन दिने लगायत को निर्णय भएको त्यहाँवाट हाम्रा संवाददाताले जानकारी दिनुभएको छ ।