Type Here to Get Search Results !

गोल २ को बार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

होलेरी रोल्पा ,असार २० गते अष्ट्रेलियन एडको आर्थिक सहयोेग आड्रा नेपाल रुपान्तरण र ग्रामिण विकास तथा चेतना समाज रुडास नेपाल को समझेदारी मा संचालित जिवीकोपार्जन परियोजना गोल २ को बार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न शनिवार रोल्पाको होलेरीमा सम्पन्न भएको छ । आर्थिक २०७७÷७८ मा रुन्टीगढी गाउँपालिकाको ९ वटै वडाहरुमा विभिन्न कार्यक्रमहरु गरी १ करोड ३९ लाख ८४ हजार रुपैया वरावरको कार्यक्रम गरिएको उक्त कार्यक्रममा बताइएको छ । गाउँपालिकामा करिव ६० वटा समुहहरु निर्माण गरी कार्यक्रम हरु संचालन गरिएको र कृषि तथा पशुपालनलाई व्यबसायीक तर्फ उन्मुख गर्नकोलागी कार्यान्वयन गरिएको वताइएको छ। यस परियोजनाले कृषकहरुमा ब्यवसाय तथा वित्तीय सचेतना, उन्नत कृषि ज्ञान,प्रविधि तथा अभ्यासको क्षमता विकास तथा प्रयोग,वचत तथा क्रृण संयन्त्र संजालीकरण,प्रभावकारी वजारीकरण,लैङगिक समानता तथा समावेशिकरण र स्थानिय सरकार तथा विभिन्न निकाय संग समन्वय र सहकार्यलाई प्राथमिकता दिएको वताइएको छ । रुडास नेपालका कार्यकारी प्रमुख शोभाराम डाँगी को अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथीमा रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढा यस्तै अतिथीहरुमा उपाध्यक्ष छमायाँ पुन प्रमुख प्रमुख प्रशासकिय अधिकृत बासुदेव भट्टराई, जनप्रतिनिधीहरु गोल परियोजनाका गाउँपालिका संयोजक बासुदेव पोख्रेल,रुपान्तरण नेपालका रवी रौनियार, आड्रा नेपालका पुर्ण श्रेष्ठ लगायत संचार कर्मी, गाउँपालिकाका विषगत शाखा प्रमुखहरु र लाभग्रहीको उपस्थितीमा कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रम सेवाग्रही वाट प्रश्न र सुझाव समेत लिएको र सम्वन्धीत ब्यक्ती संग जवाफ लिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी समेत रहनुभएका गाउँपालिकाका अध्यक्ष बुढाले स्थानिय सरकार संग समन्वय गरेर यो संस्थाले यहाँका नागरिकहरु आत्म निर्भर बन्ने कुरालाई उत्प्ररेरित गरेको भन्दै खुसी ब्यक्त गर्दै र यस्ता सार्वजनिक सुनुवाई काम समयमै सम्पन्न गर्नु एक उदाहरणिय पक्ष भएको सिकाई पनि भएको कुरा उल्लेख गर्दै जिवन र उत्पादन संग जोडिएर कार्यक्रम गर्ने संस्थालाई निरन्तरता दिन को लागी स्थानिय सरकारले गर्नुपर्ने भुमिकामा कहिहतै कन्जुसाई नगर्ने कुरामा जोड दिनुभएको छ। कार्यक्रमको सहजीकरण रेडियो होलेरीका सुवास चन्दले गर्नुभएको थियो ।।