असार मसान्तको चटारो,बैंकमा कर्मचारीको अभाव

होलेरी रोल्पा,असार २२ रोल्पाको रुन्टीगढी गाउँपालिकाका अधिकांस बैंकहरुमा यो समयमा सेवाग्रहीको घुँइचो लाग्ने गरेको छ । प्रत्येक वर्षको असार मसान्तमा सरकारी कार्यालयहरुले विकासका कार्यक्रमहरुको विल भुक्तानी,सामाजिक सुरक्षा भत्ता,वालपोषण भत्ता वितरण लगायत आफ्नो व्यक्तिगत रुपमा जम्मा तथा भुक्तानीको कार्यले बैंकमा यो समयमा सेवाग्रहीको घुँइचो लागेको हो।
एकातिर आफ्नो समुहले गरेको कामवाफतको रकम समयमै भुक्तानी नपाउने हो की भन्ने चिन्ता, अर्कोतर्फ कोरोना महामारी अझै कायमै रहेकोले जोखिम पनि उत्तिकै भएको हुँदा डराउने पर्ने अवस्था भएको एक स्थानिय सेवाग्राही ले वताउनुभएको छ ।
पछिल्लो क्रममा सेवाग्राहीको संख्यामा बृद्धि भएको र देश संघिय प्रणालीमा गैसकेपछि स्थानिय सरकारको हरेक भुक्तानीका कार्यक्रमहरु पनि बैंकसंग जोडिएको हुदाँ काममा चाप भएको वाणिज्य बैंक होलेरीका कर्मचारी संकर खड्काले वताउनु भएको छ । यद्यपी वंैकमा आएका सेवाग्राहीको कामभने सम्पादन भैरहेको उहाँले वताउनुभएको छ ।
कार्यालयमा सेवाग्रहीको घुँइचो हुनुमा कामको चाप र कार्यालयमा पर्याप्त मात्रामा कर्मचारीको अभाव भएको कारण यसो भएको वाणिज्य बैंक होलेरीका प्रमुख मुन बहादुर बुढाले बताउनु भएको छ । बैंकको माथिल्लो निकायले स्थलगत अनुगमन गरी कर्मचारीको अभावको बातावरणलाई सम्वोधन गर्न सक्यो भने यो समस्या न्युनिकरण हुने उहाँले वताउनु भएको छ। यस्तै रोल्पाको होलेरीमा रहेको कामना सेवा बैंक,तथा ग्लोवल आई.एम.ई बैंकमा पनि यतीवेला सेवाग्राहीको घुईचो हुने गरेको वताइएको छ ।
Share on Google Plus

About Radio Holeri FM

The world can be heard simultaneously on Radio Holeri FM 1.2.5 MHz and online at www.news.radioholeri.com. This radio is located at Runtigadi-6 Holeri in Rolpa district. So far the first commercial radio is in favor of commercial radio in Rolpa district. Est. 2074 /06/. 500 watt radio is currently being heard in more than 18 districts of Holeri Bazaar, which is broadcasting from its own building through an uplink in Gadhilek, now at 273 Heights of Runtigadi.ic.