Type Here to Get Search Results !

रुन्टीगढी गाउँपालिकाका कृषकहरुलाई मिनीटिलर वितरण

होलेरी रोल्पा,असार २४ रुन्टीगढी गाउँपालिकाका कृषकहरुलाई मिनीटिलर हस्तान्तरण गरिएको छ । विहिवार एक कार्यक्रमको आयोजना गरी ५० प्रतिशत अनुदानमा रुन्टीगढी गाउँपालिकाका कृषकहरुको निवेदनको आधारमा उक्त कृषि सामाग्री वितरण गरिएको हो । रुन्टीगढी गाउँपालिकाको आर्थिक वर्ष २०७७÷७८ को वार्षिक कार्यक्रम अनुसार कोभिड विशेष कृषि कार्यक्रम र मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम अन्र्तगत ५० प्रतिशत अनुदानमा गाउँपालिकाका कृषकहरुलाई उक्त सामाग्री हस्तान्तरण गरिएको कृषि शाखाका कल्पना पोख्रेलले जानकारी दिनुभएको छ । कृषि सामाग्री बुझ्दै स्थानिय कृषकहरुले आफुले अनुदानमा प्राप्त गरेको मिनीटिलरले खेतवारीलाई जोत्न र माटोलाई उर्वर वनाउनको लागी सहज पनि हुने र समयको पनि बचत हुने भन्दै खुसी ब्यक्त गरेका थिए । रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाको अध्यक्षतामा सम्पन्न भएको प्रविधि हस्तान्तरण कार्यक्रममा उपाध्यक्ष छमायाँ पुन, प्रमुख प्रशासकिय अधिकृत बासुदेव भट्टराई, गाउपालिकाका प्रवक्ता जगत बहादुर घर्ती, मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमका फोकल पर्सन निम बहादुर डाँगी लगायत अन्य कर्मचारी तथा कृषकहरुको उपस्थितीमा प्रविधि हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भट्टराईले अनुदानमा कृषि सामाग्री प्राप्त गर्नुभएका सम्पुर्ण कृषकहरुलाई वधाई दिनुहुँदै, प्रविधिको प्रयोगवाट खाद्यान्न तथा तरकारी वालीहरुको उत्पादनमा बृद्धि गरी रुन्टीगढी गाउँपालिकाका कृषकहरु आत्मनिर्भर हुने कुराको बिश्वास आफुले लिएको बताउनुभएको छ । कार्यक्रको समापन गर्दै गाउँपालिकाका अध्यक्ष बुढाले “कृषि पर्यटन र पुर्वाधार,रुन्टीगढी संवृद्धिको आधार” भन्ने गाउँपालिकाको मुख्य नारानै भएको हुँदा कृषि क्षेत्रमा काम गर्ने आम कृषकहरुको सहजताको लागी रुन्टीगढी गाउँपालिका सधै सकारात्मक भएको भन्दै कृषकहरुको मागको आधारमा यस्ता कार्यक्रमहरु गाउँपालिकाले निरन्तरता दिने बताउनु भएको छ । कार्यक्रमको सहजीकरण कृषि शाखाका हिमा पुन ले गर्नुभएको बताईएको छ।