Type Here to Get Search Results !

असार १० गते पेश गरिएको रुन्टीगढीको वजेट सर्वसम्मत पारित ,गाउँपालिकाको आफ्नै पहिचान एक कार्यक्रमका विच विमोचन

होलेरी रोल्पा,असार २६ रुन्टीगढी गाउँपालिकाको नवौं गाउँसभा शुक्रवार सम्पन्न भएको छ । गत असार १० गते पेश गरिएको रुन्टीगढी गाउँपालिकाको आव २०७८÷०७९ को नीति कार्यक्रम तथा वजेटलाई हिजो फेरी वसेको गाउँसभाले सर्वसम्मत पारित गरेको छ । रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाको अध्यक्षतामा बसेको गाउँसभाामा अध्यक्ष बुढाले “कृषि पर्यटन र पूर्वाधार, रुन्टीगढी समृद्धिको आधार” भन्ने मुल नारालाई अगाडि सार्र्दै नीति तथा कार्यक्रम नबौ सभामा असार १० गते प्रस्तुत गर्नुभएको थियो । कृषिमा पालिकालाई आत्मनिर्भर बनाउनका लागि कृषकलाई कृषि अनुदान, सस्तोमा ऋण, कृषिमा उत्पादन तथा बालीमा विमा, किसानलाई प्राविधिक सेवा, पालिकाभित्र भएका बाँझो जग्गालाई खनजोतगरी उत्पादन र उत्पादकत्वमा जोड्ने, पर्यटन क्षेत्रलाई संरक्षण, व्यवस्थापन र सम्बद्र्धन गर्ने, कला, सस्कार, संस्कृतिलाई संरक्षण , व्यवस्थापनसँगै प्रवद्र्धनका लागि मेला महोत्सवमा प्रस्तुत गर्ने, एक वडा एक उत्पादनमा जोड, शिक्षा, स्वास्थ्यमा, खानेपानी, सडकपूर्वाधार, विजुली, संचार, सामाजिक सुरक्षा भत्ता, वन संरक्षण तथा व्यवस्थापन, लगाएतका थुप्रै विकास तथा लक्षित वर्ग, आयआर्जनमूलक कार्यक्रमहरु नीतिमा समावेश भएका छन् । त्यसैगरी सभामा पालिकाका उपाध्यक्ष छमाया पुनले आर्थिक वर्ष २०७८÷०७९ का लागि ५७ करोड ९० लाख बजेट प्रस्तुत गर्नुभएको थियो । जसमा विनियोजित बजेटको चालुतर्फ प्रशासनिक तथा चालु खर्चमा १२ करोड ५७ लाख २७ हजार ८ सय ५६ , सामाजिक सुरक्षा भत्तामा ६ करोड ७५ लाख लगायत गरी कुल ५७ करोड ९० लाख वरावरको कार्यक्रम सभाद्धारा सर्वसम्मत पारित गरेको हो । यसै गरि शुक्रवार एक कार्यक्रमका विच रुन्टीगढी गाउँपालिकाको आफ्नै चिनारी, गितलाई गाउँपालिकाका अध्यक्ष बालाराम बुढाले विमोचन गर्नुभएको छ । कुहिरोको घुम्टो ओढी वस्छिन् रुन्टीगढी बोलको गाउँपालिकाको चिनारी गितमा धुर्वप्रकाश मल्लको शव्द, डा. गोविन्द आचार्य तथा दिपदर्पण को शब्द संयोजन ,विवि अनुरागीको संगीत र प्रविण वेडुवाल र रचना रिमालको स्वर रहेको छ । यस गितवाट रुन्टीगढी गाउँपालिकाको धार्मिक,पर्यटन र सांस्कृतिक पक्षको झल्को दिएको र यस गितवाट पर्यटन प्रर्वधनमा टेवा पुग्ने वताईएको छ।