Type Here to Get Search Results !

मुरुल्ले लेकमा जन्मदिनको अबसर पारी ५० हजार रुपैया दान

होलेरी रोल्पा,श्रावण १८ रुन्टीगढी गाउँपालिका को सबै भन्दा अग्लो लेख मुरुल्ले लेकमा रहेको पर्यटकीय क्षेत्रमा जन्मदिनको अबसर पारी स्थानिय बासी दिलमाया दशौदी चन्दले नगद ५० हजार रुपैया दान गर्नु भएको छ। पर्यटकीय तथा धार्मिक क्षेत्रमा भौतिक संरचना निर्माण तथा व्यबस्थापनको लागी सहयोग होस भन्ने हेतुले उक्त रकम दान गरिएको हो। विगतका बर्षमा खासै जन्मदिन नमनाएता पनि यस बर्षको जन्मदिनमा आफ्नै क्षेत्रमा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्रलाई प्रबद्र्दन गर्न जन्मदिनको अबसर पारी सक्दो रकम सहयोग गरेको दशौदी चन्दले बताउनु भएको छ । मुरुल्ले म्याग्जिन गढी पर्यटकीय क्षेत्रका अध्यक्ष चेतलाल पुनले उक्त रकम बुझ्दै पर्यटकीय क्षेत्रका हिसाबले मात्र नभइ धार्मिक महत्व बोकेको मुरुल्ले लेकलाई प्रबद्र्दन लागी सहयोग गर्न सबैमा आग्रह गर्दै धन्यबाद ज्ञापन गर्नु भएको थियो। दिलमाया दशौदी चन्द रेडियो होलेरीका स्टेशन म्यानेजर केशबराज चन्दकी धर्मपत्नी हुनुहुन्छ ।