राष्ट्रिय युवा संघ परिवर्तन गाउँपालिका स्तरिय भेला शनिबार पुत्लाचौरमा सम्पन्न, विभिन्न ३ संगठन निर्माण
19:36
राष्ट्रिय युवा संघ नेपालको परिवर्तन गाउँपालिका स्तरिय भेला शनिबार पुत्लाचौरमा सम्पन्न भएको छ। टेकेन्द्र रोकामगरको अध्यक्षता र राष्ट्रिय युवा संघ रोल्पाका संयोजक प्रेम बि।क। को प्रमुख आथित्यता र देव प्रसाद वलीको विशेष आथित्यतामा परिवर्तन गाउँपालिकामा युवा भेला सम्पन्न भएको हो ।
भेलाले टेकेन्द्र रोकाको संयोजकत्वमा वर्णस रोकामगर ईन्चार्ज रहनेगरि ५१ सदस्यीय राष्ट्रिय युवा संग परिवर्तन गाउँ कमिटी, खड्क डाँगीको संयोजकत्वमा सविन परियार ईन्चार्ज रहने गरि ३१ सदस्यीय युथ फोर्स र कासिराम थापा संयोजक रहेको ६ सदस्यीय साईवर सेना गाउँ कमिटी गठन गरिएको छ । भेलाले गाउँ टोल सम्म कमिटीहरुलाई निर्माण गर्ने निर्णय समेत गरेको युवा नेता प्रदिप डाँगिले जानकारी दिनुभयो। भेलामा प्रमुख अतिथि समेत रहनुभएका राष्ट्रिय युवा संघ रोल्पाका संयोजक प्रेम बिकले पछिल्लो समय नेकपा एमाले र युवा संघप्रति देशैभरिका मान्छेको भरोसा र बिश्वास बढ्दै गएकाले जिल्ला भरि संगठन बिस्तारको अभियानलाई व्यापक बनाउदै लगिएको र सबैलाई सकृयताका साथ लाग्न अनुरोध गर्नुभएको थियो।
युवा भेलाको सञ्चालन लोक्चन डाँगीले गर्नुभएको थियो ।