Type Here to Get Search Results !

नेकपा विप्लवद्धारा होलेरीमा कोरोना सम्वन्धी अन्र्तक्रिया कार्यक्रम सम्पन्न

होलेरी रोल्पा,भाद्र १ गते नेपाल कम्युनिष्ट पाटी विप्लव रुन्टीगढी गाउँकमिटीको आयोजनामा सोमवार रोल्पाको होलेरीमा कोभिड १९ कोरोना भाइरस सम्वन्धी सर्वदलिय सर्वपक्षिय अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ। बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस ले पालिकामा पारेको प्रभाव र यसको न्युनिकरणका लागी गरिएका प्रयासहरु र आगामी दिनहरुमा कोरोना संग संर्घष गर्नको लागी के कस्ता कामहरु गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिएको बताइएको छ । नेपाल कम्युनिष्ट पाटी विप्लव रुन्टीगढी गाउँकमिटीका सेक्रेटरी पोखलाल वि.क. गंगा को सभाध्यक्षमा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथीमा कोरोना भाइरस न्युनिकरण अभियान का कमाण्डर पृथ्वी,यस्तै विशिष्ठ अतिथीमा रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढा , अतिथीहरुमा प्रमुख प्रशासकिय अधिकृत बासुदेव भट्टराई,नेकपा एमाले का गोपाल डागी,माओवादी केन्द्रका गोविन्द पुन,नेपाली कांग्रेसका देवेन्द्र वोहोरा लगायत विभिन्न संघसंस्थाका प्रमुखहरु,शिक्षक तथा संचारकर्मी को उपस्थितीमा कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा कोरोनाको प्रभाव सम्वन्धी रुन्टीगढीको वस्तुस्थिती र न्युनीकरणको लागी गरिएको प्रयासको वारेमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बासुदेव भट्टराई र स्वास्थ्य शाखा प्रमुख गणेश बुढाले अवगत गराउनु भएको थियो । कार्यक्रममा बोल्दै विशिष्ट अतिथी समेत रहनुभएका गाउँपालिकाका अध्यक्ष बुढाले रुन्टीगढी गाउँपालिका लगातार २ वर्षसम्म कोरोनाको प्रभाव थेग्नुपरेको र कोरोना न्युनीकरणको लागी यहाँका स्थानिय नागरिक विभिन्न राजनितिक दल र संघसंस्थाले सहयोग गरेको कुरा स्मरण गर्दै आगामी दिनहरुमा कोरोनाको सामना गर्नको लागी सम्पुर्ण एक भएर जानुपर्ने कुरामा जोड दिनुभएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथी समेत रहनुभएका अभियानका कमाण्डर पृथ्वीले रोगले कुनै पनि वर्ग समुदाय र राजनितिक दल नहेर्ने कुरा उल्लेख गर्दै कोरोनालाई न्युनीरकरण गर्नको लागी स्वास्थ्य तथा सामाजिक सुरक्षाका मापडण्ड नै उत्तम उपाय भएको वताउनु भएको थियो कार्यक्रमको सहजीकरण होम बहादुर बुढा तुफान ले गर्नुभएको थियो ।