माधब नेपाललाई पर्खिएर एमाले ,अनिर्णयको बन्दि नबन्ने नेकपा एमाले केन्द्रीय सदस्य खेममान खड्काको भनाई

लिवाङ,रोल्पा श्रावण २० गते नेकपा एमालेका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश कमिटीका सचिब खेममान खड्काले अब माधब नेपाललाई पर्खिएर एमाले अनिर्णयको बन्दि नबन्ने बताउनुभएको छ। आफ्नै एमाले नेतृत्वको सरकार ढालेर कांग्रेस(माओवादि गठबन्धनको सरकार बनाउन मुख्य भुमिका खेलि बिरोधिहरुको गोठि बनेका नेपालले पार्टीमाथि अक्षम्य राजनीतिक अपराध गरेको भन्दै नेता खड्काले अब उनिहरुको समुहलाई पर्खेर एमालेको गतिविधि शून्य नबनाईने स्पष्ट पार्नुभएको छ। मंगलबार नेकपा एमाले रोल्पा जिल्लाको सचिवालय बैठकलाई सम्बोधन गर्दै नेता खड्काले पार्टीका सबै स्तरका कमिटीहरुलाई चलायमान बनाउदै गाउँ गाउँमा संगठन सुदृढीकरणका अभियानलाई व्यापक बनाउन निर्देशन समेत गर्नुभएको थियो। बैठकलाई सम्बोधन गर्दै एमाले केन्द्रीय सदस्य तथा रोल्पा जिल्ला ईन्चार्ज नवीन रोकामगरले गठबन्धनको सरकार बनेको महिना दिन नपुग्दै यो र त्यो बहानामा त्यहाँ बिबादहरु देखा परिसकेकाले गठबन्धन लामो समय टिक्न नसक्ने ठोकुवा गर्नुभएको थियो। एमाले नेतृत्वको सरकारले धेरै लोकप्रिय र जनभावना अनुरुपका कार्यक्रमहरु ल्याएपछि अत्तालिएर गठबन्धन टिमले प्रपञ्च रचेर सरकार ढालेको भन्दै गठबन्धनको अभियान सफल पार्न माधब नेपाल प्रयोग हुनु र अझै नसच्चिएर दिनानुदिन यो र त्यो माग राखेर पार्टीलाई संक्रमणकालिन अबस्थामा राखिराख्नु दुखद भएको बताउनुभयो । ईन्चार्ज रोकामगरले अब रोल्पामा पार्टी पंक्ति र सबै जनबर्गिय संगठनहरु एकै साथ परिचालित भएर बिगतमा एमाले नेतृत्वको सरकारले गरका कामहरुको प्रचार गर्दै संगठनलाई जुझारु बनाउन निर्देशन दिनुभएको थियो। सदरमुकाम लिबाङ स्थित पार्टी कार्यालयमा पार्टिका जिल्ला संयोजक बालाराम बुढाको अध्यक्षतामा बसेको बैठकले पार्टी प्रदेश र केन्द्रका सर्कुलर अनुसार यहि साउन २२ गतेभित्र पार्टीका सबै पालिका स्तरका बैठकहरु सम्पन्न गरि साउन ३० गते भित्र सबै पार्टी सदस्यहरुको सदस्यता नबिकरण गरिसक्ने निर्णय गरेको संयोजक बालाराम बुढाले जानकारी दिनुभयो। बैठकले कोभिडका कारण पार्टीका गतिविधिहरु केही सुस्तिएपनि अब रणनीतिक योजनाका साथ अघि बढ्ने तालिका समेत बनाएको संयोजक बुढाले बताउनुभयो। पार्टी जिल्ला सचिब निमप्रसाद रोकाको सञ्चालनमा सम्पन्न भएको बैठकमा एमाले लुम्बिनी प्रदेश कमिटीका सचिवालय सदस्यहरु कुमार दशौदि, शान्तकुमार ओलि र ईश्वरी जिएमको समेत सहभागीता रहेको थियो। बैठकमा पार्टीका सबै पालिका संगठन कमिटीका संयोजकहरुले पछिल्लो अबस्थाको बारे रिपोर्टिङ गरेका थिए।
Share on Google Plus

About Radio Holeri FM

The world can be heard simultaneously on Radio Holeri FM 1.2.5 MHz and online at www.news.radioholeri.com. This radio is located at Runtigadi-6 Holeri in Rolpa district. So far the first commercial radio is in favor of commercial radio in Rolpa district. Est. 2074 /06/. 500 watt radio is currently being heard in more than 18 districts of Holeri Bazaar, which is broadcasting from its own building through an uplink in Gadhilek, now at 2119 Heights of Runtigadi.ic.