Type Here to Get Search Results !

देउवालाई सङ्केत गर्दै पौडेलको टिप्पणी : सर्वत्र असफल व्यक्ति बारम्बार सत्तामा

साउन २५, २०७८ काठमाण्डाै - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई महाधिवेशन गर्न नसकेको भन्दै आलोचना गर्नुभएको छ । आज बिहानै सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले चार वर्षमा गरिसक्नुपर्ने महाधिवेशन थपिएको साढे एक वर्ष बितिसक्दा पनि हुन नसकेको भन्दै नेतृत्वको चरम लापरबाही र असफलता भएको बताउनुभएको छ । पार्टी नेतृत्वले नै नेपाली कांग्रेसलाई निर्वाचन आयोगसँग भिख माग्ने निरीह अवस्थामा पुर्याएको उहाँको टिप्पणी छ । उहाँले देउवालाई सङ्केत गर्दै सर्वत्र असफल व्यक्ति बारम्बार सत्ता समाल्न पुगेको आरोपसमेत लगाउनुभएको छ । साभार .. इमेज खबर