राष्ट्रिय युवासंघ नेपाल, रुन्टीगढी गाउँपालिकामा पनि गठन

होलेरी रोल्पा,श्रावण २० गते बुधवार रोल्पाको होलेरीमा राष्ट्रिय युवासंघ नेपालको रुन्टीगढी गाउँपालिका स्तरिय कमिटी गठन कार्य सम्पन्न भएको छ । राष्ट्रिय युवा संघ नेपाल रुन्टीगढी गाउँपालिकाका सहसंयोजक गणेश गिरी को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथीमा नेकपा एमाले रोल्पा जिल्ला संयोजक एवं रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढा, अतिथीहरुमा नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदस्य इश्वरी जि.एम.,जिल्ला कमिटी सदस्य गोपाल डाँगी,याम बहादुर दशौदी,नेप बहादुर थापा, अखिल नेपाल किसान महासंघ का केन्दि«य सदस्य गंगाराम खत्री,युवा संघका केन्द्रीय सदस्य मिन महरा, युथफोर्सका केन्द्रय सदस्य घनश्याम दशौदी, राष्ट्रिय युवासंघ नेपाल रोल्पा जिल्ला संयोजक प्रेम वि.क.लगायत गाउँपालिका तथा वडास्तरिय युथफोर्स तथा युवासंघको उपस्थितीमा कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा आम रुन्टीगढी गाउँपालिकाबासीको सहयोगको लागी युवासंघ तथा युथफोर्स गठन गरिएको छ। रुन्टीगढी गाउँपालिका स्तरिय युथफोर्स संयोजक ओमप्रकाश दशौदी चयन हुनु भएको छ भने युवा संघको अध्यक्षमा गणेश गिरी चयन हुनु भएको छ । कार्यक्रममा बोल्दै नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदस्य इश्वरी जि.एमले नवगठित युवासंघ तथा युथफोर्सका सम्पुर्ण पदाधिकारीहरुलाई शुभकामना दिदै जनभावना अनुसार काम गर्न आग्रह गर्नुभएको छ। यस्तै प्रमुख अतिथी समेत रहनुभएका नेकपा एमाले रोल्पा जिल्लाका संयोजक बालाराम बुढाले अव पाटी नयाँ ढंग वाट वस्तीस्तरमा गएर जनताको समस्यालाई सिरोपर गर्दै अगाडी वढ्नुपर्ने कुरामा जोड दिनुभएको छ । नवगठित युवासंघ तथा युथफोर्सका सम्पुर्ण पदाधिकारीहरुलाई वधाई तथा शुभकामना दिदै अहिले सम्म गरिएका क्रियाकलापहरुलाई जनता समक्ष पर्याउने र विपक्ष वाट गरिएका भ्रमपुर्ण कुराहरुलाई चिर्दै अगाडी वढ्नको लागी सम्पुर्णलाई अनुरोध गर्नुभएको छ। कार्यक्रमको सहजीकरण युवा संघका दिलिप बाठा ले गर्नुभएको रुन्टीगढी गाउ कमिटी संगठनका सदस्य अमराज वस्नेतले जानकारी दिनुभएको छ ।
Share on Google Plus

About Radio Holeri FM

The world can be heard simultaneously on Radio Holeri FM 1.2.5 MHz and online at www.news.radioholeri.com. This radio is located at Runtigadi-6 Holeri in Rolpa district. So far the first commercial radio is in favor of commercial radio in Rolpa district. Est. 2074 /06/. 500 watt radio is currently being heard in more than 18 districts of Holeri Bazaar, which is broadcasting from its own building through an uplink in Gadhilek, now at 2119 Heights of Runtigadi.ic.