नेकपा एमाले रुन्टीगढी गाउँकमिटी को बैठक सम्पन्न

होलेरी रोल्पा श्रावण २३ गते नेकपा एमाले रुन्टीगढी गाउँपालिका कमिटीको बैठक सम्पन्न भएको छ । नेकपा एमाले रुन्टीगढी गाउँ संगठन कमिटीका संयोजक एवं जिल्ला सदस्य गोपाल डाँगीको अध्यक्षतामा सम्पन्न भएको बैठकमा प्रमुख अतिथी मा नेकपा एमाले प्रदेश सचिवालय सदस्य एवं रोल्पा जिल्लाका संयोजक बालाराम बुढा ,प्रदेश सचिवालय सदस्य रुद्रमणि सुवेदी, जिल्ला सदस्य याम वहादुर दशौदी राणा,गोविन्द डाँगी लगायत वडास्तरिय कमिटीका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती मा सम्पन्न भएको हो । कार्यक्रममा विभिन्न विषय माथी ब्यापक छलफल भएको बताइएको छ। शुक्रवार बसेको बैठकले यही श्रावण २९ गते सम्म रुन्टीगढी गाउँपालिकामा रहेको नेकपा एमालेका पाटी सदस्यको नविकरण लगायत रोल्पा जिल्लाभर माधव नेपालपक्ष सदस्य विना पनि पाटीले आफ्ना गतिविधि र कार्यक्रम संचालन गर्ने निर्णयहरु पारित गरेको वताइएको छ। कार्यक्रममा बोल्दै प्रमुख अतिथी समेत रहनुभएका जिल्ला पाटी संयोजक बुढाले अहिले जिल्लाका विभिन्न स्थानहरुमा नेकपा एमालेको भातृ संगठनहरु क्रियासिल भैरहेको यो समयमा वस्तीस्तरमा जनताको सेवाको लागी अग्रपंक्ति मा लागीपर्ने कुरामा जोड दिनुभएको छ।। कार्यक्रमको सहजीकरण युवा संघ नेपालका रुन्टीगढी गाउँपालिकाका संयोजक गणेश गिरी ले गर्नुभएको जानकारी प्राप्त भएको छ ।।।
Share on Google Plus

About Radio Holeri FM

The world can be heard simultaneously on Radio Holeri FM 1.2.5 MHz and online at www.news.radioholeri.com. This radio is located at Runtigadi-6 Holeri in Rolpa district. So far the first commercial radio is in favor of commercial radio in Rolpa district. Est. 2074 /06/. 500 watt radio is currently being heard in more than 18 districts of Holeri Bazaar, which is broadcasting from its own building through an uplink in Gadhilek, now at 2119 Heights of Runtigadi.ic.