रोल्पामा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती घाइते
03:17
रोल्पामा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती घाइते भएकि छन् ।
गंगादेव गाउँपालिका वडा नं ३ कालाभिर बस्ने ४८ वर्षीया शालिकराम घर्तीले अत्यधिक मदिरा सेवन गरि गएराती करिब ३ः३० बजेतिर श्रीमती ४६ वर्षिय भुमिसरा घर्तिलाई खुकुरी प्रहार गरि घाइते बनाएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।
घाइते श्रीमतीलाई उपचारको लागि स्थानीय मेडिकलमा भर्ना गरिएको छ भने पक्राउ परेका घर्तीलाई अहिले इलाका प्रहरी कार्यालय घर्तिगाउँमा राखी थप अनुसन्धान भइरहेको डिएसपी सुवेदीले बताउनुभयो।