विभिन्न पार्टी परित्याग गर्दै लुङग्री गाउँपालिकामा ४४ जना नेकपा एमालेमा प्रवेश
19:59
होलेरी रोल्पा भाद्र ३० गते
नेकपा एमाले कार्यकर्ता भेटघात तथा पार्टी प्रवेश कार्यक्रम लुङग्री गाउँपालिकाको किलाचौरमा सम्पन्न भएको छ।
न्ोकपा एमाले ल्ुाङग्री गाउँ संगठन कमिटी का अध्यक्ष पर्शुराम घर्तीको साध्यक्षमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथीमा नेकपा एमाले का प्रदेश कमिटीका सदस्य कुमार दशौदी ,विशिष्ट अतिथीमा प्रदेश कमिटीका सदस्य एवं पार्टीका रोल्पा जिल्ला अध्यक्ष बालाराम बुढा यस्तै अतिथीहरुमा प्रदेश कमिटी सदस्य इश्वरी जि.एम.,जय प्रकाश बुढा,पबर्टीका जिल्ला उपसचिव राजेन्द्र बुढाथोकी,विर बहादुर खड्का, अनेरास्वीयुका केन्द्रिय सदस्य टिका घर्ती लगायत स्थानिय कार्यकर्ता को उपस्थिती मा कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले मुलुक र समाज परिवर्तनको लागी एक मात्र पाटी नेकपा एमाले भएको भन्दै सम्पुर्ण नेता तथा कार्यकर्ताहरुलाई पाटी मा गोलवन्द भएर विपक्षीले गरेको भ्रमको खेतीलार्इृ चिर्दै अगाडी वढ्नको लागी आग्रह गरिएको छ ।
कार्यक्रममा समाज परिर्वतन गर्नको लागी र जनताको मर्म र भावना अनुसार काम गर्ने पाटी नेकपा एमाले मात्रै भएको भन्दै नेपाली कांग्रेस,माओवादी केन्द्र र राप्रपा नेपाल परित्याग गर्दै मदन गिरीको नेत्ृत्वमा ४४ जना नेकपा एमालेमा प्रवेश गरेको वताईएको छ ।
किशन विष्टको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण एन्जल भिजन गुरुङले गर्नुभएको जानकारी प्राप्त भएको छ।।