Type Here to Get Search Results !

रुन्टिगढी गाउपालिका बर्षातको कारण भएको क्षति विवरण पठाउन सबै लाई आग्रह ।।

चेतमान बाँठा
कार्तिक ५ होलेरी रोल्पा रुन्टिगढी गाउपालिकामा अबिरल बर्षातको कारण धानबाली, र पुलमा भएको क्षतिको विवरण संकलन गरी पठाउन सबै वडालाई आग्रह गरिएको छ । कृर्षि शांखा केन्द्र रुन्टिगढी गाउपालिका होलेरी रोल्पाले गत असोज ३१ गते देखीको अविरल बर्षातले कृर्षी बाली अन्तरगत बिशेषगरी धानबाली र पुलमा भएको क्षति वा असरको एकिङ विवरण संकलन गरी पठाउन आग्रह गरेको छ । कृर्षि शांखा रुन्टिगढी गाउपालिकाका सबै वडाको कृषि विकास शाखालाई क्षतिको विवरण संकलन गर्ने फम्र्याट (फारम) सहित आग्रह गरिएको छ । उहाका अनुसार धान खेती हक मा किसानको नाम थर, वडा नं. धानको क्षेत्रफल (हेक्टर), सुरक्षित हार्भेष्ट भएको, नोक्सान भएको क्षेत्रफल, धानको परीमाण (क्विन्टल)मा,वा धानको मुल्य जस्ता विवरण फारममा उल्लेख गर्नुपर्नेछ । भने पुलको हक मा पुलको नाम, पुल भएको स्थानको नाम, क्षतिको अबस्था (पुर्ण, आंशिक, साधारण) क्षतिको अनुमानित रकन, मर्मत गर्नु पर्ने अबस्था (साधारण,आंशिक बृहत, पुर्ण) र मर्मत गर्न लाग्ने अनुमानित लागत जस्ता विवरण फारममा उल्लेख गर्नुपर्नेछ ।