Type Here to Get Search Results !

रुन्टीगढी रोल्पामा ८ नं वडा बाहेक सवैमा एमालेको वडा अधिवेशन सकियो

कार्तिक ७ गते होलेरी रोल्पा नेपाल कम्यूनिष्ट पार्टी एमाले को प्रथम वडा अधिवेशन अन्तरगत रुन्टीगढी गाउँपालिकाका ८ नं वडा वाहेक सबै वडामा सर्वसहमतिमा नेतृत्व चयन भएको छ । वडा नम्बर १ मा बुद्धिमन पुन, २ मा ओम बहादुर पुन, ३ मा घनश्याम पुन, ४ मा बेगम पुन, ५ मा गोविन्द रावत ,६ मा अर्जुन पुन ७ नं वडामा शुसिल रोका र ९ नं वडामा राजन घर्ती चयन भएका छन् । रुन्टीगढी गाउँपालिकाको ८ नं वडामा कार्तिक ८ गते अधिवेशन हुने जानकारी प्राप्त भएको छ। वडा अधिवेशनपछि ९ गते नै पालिका स्तरिय अधिवेशन हुने र निर्धारित मितिमै केन्द्रिय महाधिवेशन पनि सम्पन्न गर्ने एमालेले जनाएको छ।।