Type Here to Get Search Results !

नेकपा एमाले रोल्पामा ७२ वडा मध्ये ४७ वटा वडामा अधिवेशन सम्पन्न

होलेरी रोल्पा ,कार्तिक ७ गते नेकपा एमाले रोल्पामा ७२ वटा वडा मध्ये ४७ वटा वडाहरुमा सर्वसम्मत नेतृत्व चयन गर्दै अबिधेशन सम्पन्न गरेको नेकपा एमाले रोल्पा जिल्लाका अध्यक्ष बालाराम बुढाले जानकारी दिनुभएको छ । यस्तै नेपाल कम्यूनिष्ट पार्टी एमाले को प्रथम वडा अधिवेशन अन्तरगत रुन्टीगढी गाउँपालिकाका ८ नं वडा वाहेक सबै वडामा सर्वसहमतिमा नेतृत्व चयन भएको छ । वडा नम्बर १ मा बुद्धिमन पुन, २ मा ओम बहादुर पुन, ३ मा घनश्याम पुन, ४ मा बेगम पुन, ५ मा गोविन्द रावत ,६ मा अर्जुन पुन ७ नं वडामा शुसिल रोका र ९ नं वडामा राजन घर्ती चयन भएका छन् । रुन्टीगढी गाउँपालिकाको ८ नं वडामा कार्तिक ८ गते अधिवेशन हुने जानकारी प्राप्त भएको छ। वडा अधिवेशनपछि ९ गते नै पालिका स्तरिय अधिवेशन हुने र निर्धारित मितिमै केन्द्रिय महाधिवेशन पनि सम्पन्न गर्ने एमालेले जनाएको छ।।