Type Here to Get Search Results !

नेकपा एमालेको थवाङ अधिवेसन सम्पन्न

होलेरी रोल्पा, कार्तिक १२ माओवादीको ‘आधार क्षेत्र’ रोल्पाको थबाङमा एमालेले पहिलो गाउँपालिका अधिवेशन सम्पन्न गरेको छ । ‘शक्ति प्रदर्शन’ सहित गरेको पालिका अधिवेशनमा जिल्लाका अन्य स्थानीय तहमा अधिवेशन सम्पन्न गरेर एमाले नेताहरू थबाङ पुगेका हुन्। नेकपा एमालेको थबाङ गाउँपालिकाको प्रथम अधिबेशनबाट सर्बसम्मत अध्यक्ष देब बहादुर घर्ति, उपाध्यक्ष सरस्वती नेपाली, सचिब मनोज बुढा, उपसचिव निर्मल परियार र उपसचिव मुलधन पुन चयन भएका छन । यसैगरि सदस्यहरुमा धन पुन, दात रोका, तारा रोका, शैलेन्द्र दिनालु, किसन घर्ती मगर, बुलमाया घर्तिमगर, मिलन बि.क., किस्मत घर्तिमगर, सुरेन्द्र घर्तिमगर, गोरे रोका, मुल बहादुर रोका, दिपक बुढा, पुरुषोत्तम बुढा, सन्देश बुढा, भुपेन्द्र बुढा, पार्बति रोकाय बुढामगर, आशपुरा गुरुङ, गंगा बुढा, दिलकुमारि घर्ती, पुर्ण घर्ती, प्रशान्त घर्ती, लोक बहादुर घर्ती, बाल कुमार रोका, बिस्नु रोका, योजना रोका, दिल कुमारि रोका, सुन्तुकि घर्ती, क्षेत्र घर्ती खेत्ता घर्ती नकस घर्ती रहेका छन । गाउँपालिका कमिटी ३५ सदस्यीय निर्माण गरिएको छ। अधिवेसनमा नेकपा एमाले प्रदेश सदस्यहरु कुमार दशौदी, पाटी रोल्पा जिल्ला ईन्र्चाज नविन रोका, प्रदेश सदस्य तथा जिल्ला अध्यक्ष बालाराम बुढा, प्रदेश सदस्य इश्वरी जि.एम.जिल्लाका सचिव निमलाल रोका लगायत को उपस्थिती रहेको वताईएको छ ।