Type Here to Get Search Results !

रुन्टिगढि गाउँपालिका वडा नम्बर ६ को आयोजनामा जेष्ठनागरिक सम्मान कार्यक्रम डुब्रिङ मा सम्पन्न

कार्तिक १३, होलेरी रोल्पा रुन्टिगढि गाउँपालिका वडा नम्बर ६ को आयोजनामा जेष्ठनागरिक सम्मान कार्यक्रम डुब्रिङ मा सम्पन्न भएको छ ! रुन्टिगढि गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष जगत बहादुर घर्ती को अध्यक्षता मा सम्पन्न भएको कार्यक्रम को प्रमुख अतिथि मा गाउपालिकाका उपाध्यक्ष छमाया पुन रहनु भयको थियो।कार्यक्रम मा वडा सदस्य ज्यु हरु,कर्मचारी हरु तथा सयौं जेष्ठनागरिक हरुको उपस्थिति रहेको थियो। कार्यक्रम मा जेष्ठनागरिक हरुलाइ ब्ल्यान्ङकेत बितरण गरि सम्मान गरिएको थियो। कार्यक्रममा वोल्दै कार्यक्रमको प्रमुख अतिथी समेत रहनुभएको गाउँपालिकाका उपाध्यक्ष पुन ले जेष्ठनागरिकहरुलाई अपहेलना होइन माया र सहयोगको आबश्यकता रहेको कुरामा जोड दिनु भएको छ । वडा सदस्य रेशम बहादुर कामिको स्वागत मनत्ब्य बाट सुरु भएको कार्यक्रम को सहजीकरण वडा सचीव भागवत घिमिरे ले गर्नु भयको थियो ।।।