Type Here to Get Search Results !

रुन्टीगढी रोल्पामा राष्ट्रिय जनगणना २०७८ को लागि ४ दिने गणक तालिम सुरु

कात्तिक १३ होलेरी, रोल्पा बाह्रौं राष्ट्रिय जनगणना २०७८ को लागि ४ दिने गणक तालिम रोल्वाको होलेरीमा शनिवार देखी सुरु भएको छ । रुन्टीगढी गाउँपालिकाका स्थानीय जनगणना अधिकारी दिपक पराजुलीको अध्यक्षता र रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन भएको थियो । कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष बालाराम बुढाले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ पछिको यो जनगणना पहिलो भएको र यो राष्ट्रव्यापी महा अभियानबाट महत्त्वपूर्ण तथ्यांक प्राप्त हुने र सम्वृद्व नेपाल निर्माणको लागि दीर्घकालीन योजना र नीति निर्माणका लागि भरपर्दो र विश्वसनीय तथ्यांक प्राप्त हुनेमा आफ्नो आशा र विश्वास रहेको उहाँले बताउनु भएको छ । राष्ट्रिय जनगणनाको लागी कार्तिक १३,१४,१५ र १६ गतेसम्म गणक हरुलाई प्रशिक्षण संचालन हुने जानकारी प्राप्त भएको छ । कार्तिक २५ देखि मंसिर ९ गतेसम्म गणकहरु मुख्य प्रश्नावली गणनाको लागि घरदैलोमा जाने कार्यतालिका रहेको छ। उक्त तालीममा रुन्टीगढी र त्रिवेणि गाउँपालिकाका ६० जना गणकहरुको सहभागिता रहेको थियो । कार्यक्रममा स्थानीय जनगणना दिपक पराजुली, इश्वरी प्रकाश केसी,पुर्ण कवर,कमानसिङ बुढा , दिपक पराजुली ले प्रशिक्षण गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा रास्ट्रिय जनगणना रुन्टिगढि गाउँपालिका का सहायक कर्मचारी सोमनाथ घर्ती लगायत ६० जना प्रशिक्षार्थीहरुको उपस्थिति रहेको थियो ।