Type Here to Get Search Results !

असोज ११ गते जारी गरेको सुचनालाई पुर्नविचार गर्न रुन्टीगढी शिक्षक महासंघको अपिल

होलेरी, रोल्पा असोज २० रुन्टीगढी गाउँ शिक्षा समितीले असोज ११ गते जारी गरेको सुचनालाई पुर्नविचार गर्न रुन्टीगढी शिक्षक महासंघले विज्ञप्ती जारी गरेको छ । रुन्टीगढी शिक्षक महासंघको हिजो वसेको बैठकले ध्यानाकर्षण गराउनको लागी विज्ञप्ती निकाल्ने निर्णय गरेको हो । महान चाड वडादशैको विदाको सम्वन्धमा शिक्षा नियामावली २०५९ को नियम ८५ को २ ख अनुसार हनुपर्नेमा अन्यथा भएको भन्दै पुर्नविचार गर्नको लागी अपिल गरिएको रुन्टीगढी शिक्षक महासंघका अध्यक्ष भिम बहादुर दशौदीद्धारा हस्ताक्षरित विज्ञप्तीमा जनाइएको छ ।