Type Here to Get Search Results !

सामाजिक सुरक्षा भत्ता ब्यवस्थापन सम्वन्धी १ दिने अभिमुखीकरण कार्यक्रम रोल्पाको होेलेरीमा

होलेरी रोल्पा, असोज २३ गते रुन्टीगढी गाउँपालिकाको आयोजनामा सामाजिक सुरक्षा भत्ता ब्यवस्थापन सम्वन्धी १ दिने अभिमुखीकरण कार्यक्रम रोल्पाको होलेरीमा शनिवार सम्पन्न भएको छ । रुन्टीगढी गाउँपालिकाका उपाध्यक्ष छमायाँ पुनको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथीमा राष्ट्रिय परिचयपत्र तथा पंजीकरण विभागका आई.टि.प्रमुख निर्मल शर्मा,गाउाँपलिकाका प्रवक्ता जगत बहादुर घर्ती,कार्यपालिकाका सम्पुर्ण सदस्यहरु, होलेरीमा रहेका बैंकका प्रमुख तथा प्रतिनिधीहरु लगायत कर्मचारीहरुको उपस्थितीमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रमलाई समापन गर्दै रुन्टीगढी गाउँपालिकाका उपाध्यक्ष पुनले यो कार्यक्रमले सामाजीक सुरक्षा भत्ता बैंकिङ प्रणालीबाट वितरण गर्दा ब्यवस्थीत हुने कुराको विश्वास समेत ब्यक्त गर्नुभएको थियो । अभिमुखीकरण कार्यक्रममा विषेशतः सामाजिक सुरक्षा भत्ता लाई बैंकिङ प्रणाली वाट कसरी ब्यवस्थीत गर्न सकिन्छ भन्ने बारेमा बृहत छलफल भएको पंजीकरण शाखाका हुकुमसिंङ घर्तीले जानकारी दिनुभएको छ । कार्यक्रमको सहजीकरण पंजीकरण शाखाका शाखाप्रमुख धु्रर्वप्रकाश मल्लले गर्नुभएको थियो ।