मन्दिर मा पुजाको विषयमा हत्या भएका भीम विश्वकर्माको न्याय लागि दाङमा विरोध प्रदर्शन
22:53
चेतमान बाँठा
कार्तिक ६ होलेरी रोल्पा
चितवन भरतपुर महानगरपालिका ४ का भीमबहादुर विश्वकर्माको कुटपिटबाट हत्या भएको
विषयलाई लिएर दलित समुदाय यतिबेला आन्दोलित बनेका छन् । यसैक्रममा हिजो तुल्सीपुर
दाङमा पनि घटनाको विरोध गर्दै प्रदर्शन गरिएको छ । संयुक्त दलित युवा अभियान दाङ
र दलित नागरिक समाजले विरोध प्रदर्शन गरेका हुन । असोज २९ गते चितवनको दुर्गा
मन्दिरमा पुजाका विषयमा भीम बहादुर विश्वकर्माको हत्या भएको विरोधमा शुक्रबार
तुलसीपुरको विपि चोकमा विरोध प्रर्दशन गरिएको हो । संयुक्त दलित युवा अभियान
दाङका संयोजक खेमराज बिकको अध्यक्षतामा भएको विरोध प्रर्दशनमा जातीय विभेद तथा
छुवाछुतको अन्त्य गर, धर्मको नाम गरिने विभेदको अन्त्य गर, भीम बहादुरलाई दे,
जस्ता नारा लेखिएका प्ले कार्ड सहित प्रर्दशनमा उत्रिएका थिए ।
कार्यक्रममा दलित नागरिक समाजका संयोजक छवि परियार, दलित सेवा संघकि अध्यक्ष लिला
बिक, दलित अधिकारकर्मी राधिका परियार, परियार सेवा समाज दाङका अध्यक्ष केशव
परियार, मुक्ति समाज दाङका उपाध्यक्ष सुन्दर बिस्वकर्मा, संयुक्त दलित युवा
अभियानका सह संयोजक शेर बहादुर परियार रोल्पा का नयाराम बिस्वकमा ले दोषीलाई कडा
भन्दा कडा कारबाहीको माग गर्दै भीम बहादुरलाई शहीद घोषणाको माग गरेका थिए ।
यदि यो माग पुरा न भएमा नेपाल भर चक्का जाम नेपाल बन्द गर्न समेत पछि नपर्ने समेत
बताएका छन, दलित नागरिक समाजकी कोषाध्यक्ष निर्मला गुप्ताको स्वागत मन्तव्यबाट
सुरु भएको कार्यक्रको सञ्चालन अभियानका सचिव उमेश परियारले गरेका थिए ।