Type Here to Get Search Results !

रुडास नेपाल रोल्पाको अध्यक्षमा भिम बहादुर घर्ती चयन

होलेरी रोल्पा ,असोज २२ ग्रामीण बिकास तथा चेतना समाज नेपाल(रुडास) रोल्पाको, विहिवार होलेरीमा सम्पन्न १७ औँ बार्षिक साधारणसभाबाट भिम बहादुर घर्तिमगरको अध्यक्षतामा नयाँ पदाधिकारी तथा कार्यसमिति सदस्य हरु चयन गरिएको छ । जसमा अध्यक्षमा भिमबहादुर घर्तीमगर उपाध्यक्षमा काजल थापा ,सचिवमा जित बहादुर डाँगी ,सहसचिवमा बसन्त गौतम कोषाध्यक्षमा मन कुमारी घर्तीमगर ,सदस्यहरुमा विस्मती बुढामगर ,चन्द्रकला बुढामगर ,टिकाराम घर्तीमगर ,सम्झना तिरुवा चयन हुनु भएको हो । कार्यक्रममा रुडास नेपालका उत्कृष्ट २ जना कर्मचारीलाई पुरस्कृत समेत गरिएको थियो। रुडास नेपालका काजल थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथीमा रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढा यस्तै अतिथी हरुमा रुन्टीगढी गाउँपालिकाका सामाजिक विकास संयोजक याम बहादुर दशौदी राना,गै.स.स.का सचिव तथा रुडास नेपाल रोल्पाका कार्यकारी प्रमुख शाभाराम डाँगी लगायतको उपस्थितीमा कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा आउदै गरेको विजयादशमी तथा शुभ दिपावलीको शुभकामना दिदै प्रमुख अतिथी समेत रहनुभएका बुढाले रोल्पा जिल्लामा रुडास नेपाल गरेका कार्यक्रमहरु प्रभावकारी वन्दै गएको कुरा उल्लेख गर्दै यसलाई निरन्तरता दिनुपर्ने कुरामा जोड दिनुभएको छ । सहसचिव बसन्त गौतमको स्वागत मन्तव्यबाट सुरु गरिएको कार्यक्रमको सहजीकरण चन्द्रा कुमारी घर्तीले गर्नु भएको थियो ।