Type Here to Get Search Results !

नेपाली कांगे्रस रुन्टीगढीको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

होलेरी,रोल्पा असोज २२ गते नेपाली कांगे्रस रुन्टीगढी गाउँपालिकाको आयोजनामा शुक्रवार रोल्पाको होलेरीमा आउदै गरेको विजयादशमी तथा शुभ दिपावलीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाली कांग्रेस रुन्टीगढी गाउँपालिकाका सभापती जनक पुनको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथीमा पुर्व सिचाई राज्यमन्त्री तथा नेपाली कांगे्रसका रोल्पा जिल्ला सभापती अमर पुन रहनुभएको थियो । यस्तै विशिष्ट अतिथीमा पुर्व सांसद लेखनाथ आर्चाय ,नेपाली कांगे्रस रोल्पा जिल्लाका पाटी उपसभापती किशोर कुमार आर्चाय रहनु भएको थियो। यस्तै अतिथीहरुमा नेपाली कांगे्रस का राप्ती अञ्चल समन्वय समितीका टेक बहादुर वस्नेत ,नेकपा एमाले रोल्पा जिल्लाका अध्यक्ष बालाराम बुढा, लगायत पाटीका विभिन्न भातृसंघका प्रमुख तथा प्रतिनिधीहरु, विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधिहरु पाटीमा आस्थावान कार्यकर्ताहरु र संचारकर्मीहरुको उपस्थितीमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा आउदै गरेको विजयादशमी तथा दिपावलीको शुभकामना दिदै अतिथी समेत रहनुभएको नेकपा एमालेका रोल्पा जिल्लाका अध्यक्ष बालाराम बुढाले राजनिती गर्नुको मुलमर्मनै समाजसेवा अर्थात जनताको सेवा भएकोले स्वच्छ प्रतिसप्रधाको रुपमा समाजसेवा गर्नको लागी सम्पुर्ण राजनितिक दलहरुका कार्यक्रममा आउदै गरेको विजयादशमी तथा दिपावलीको शुभकामना दिदै प्रमुख अतिथी समेत रहनु भएका पुर्व सिचाई राज्यमन्त्री तथा नेपाली कांगे्रसका रोल्पा जिल्ला सभापती अमर पुनले नवनिर्मित रुन्टीगढी गाउँपालिकाका नेपाली कांगे्रसका पदाधिकारीहरुलाई कार्यकालको शुभकामना समेत दिनुभएको छ । असत्य माथी सत्यको विजय भएको उपलक्ष्यमा मनाईने विजयादशमी जस्तै नेपाली कांग्रेसका कार्यकर्ताहरुले पनि सही र सत्य कुरालाई जहिले पनि अनुसरण गर्दै जनताको सेवा गर्नको लागी आग्रह गर्नुभएको छ । नेपाली कांगेस रुन्टीगढी गाउँपालिकाका उपसभापती भुप बहादुर बोहराको स्वागत मन्तव्य बाट सुरु गरिएको कार्यक्रमको सहजीकरण पाटीका रुन्टीगढी गाउँपालिकाका सचिव नारायण लामिछाने ले गर्नु भएको थियो ।