Type Here to Get Search Results !

महिला संस्था का पदाधिकारी विच अन्तरक्रिया,होलेरीमा

होलेरी रोल्पा, कार्तिक १२ रोल्पाको रुन्टीगढी गाउँपालिको आयोजनामा रोल्पाको होलेरीमा विहिवार महिला संस्था का पदाधिकारी विच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । महिलाहरुको क्षमता विकास तथा संस्था संचालनको मुख्य उद्येश्य भएको कार्यक्रममा रुन्टीगढी गाउँपालिकाका महिलाहरुको उपस्थिती रहेको थियो । रुन्टीगढी गाउँपालिकाका उपाध्यक्ष छमायाँ पुनको सभाध्यक्षमा सम्पन्न भएको कार्यक्रमा प्रमुख अतिथी मा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बासुदेव भट्टराई रहनु भएको थियो । कार्यक्रमको सहजीकरण महिला बालबालिका तथा जेष्ठ नागरिकका शाखा प्रमुख शिला मल्लले गर्नुभएको जानकारी प्राप्त भएको छ ।