गौहत्याको आरोपमा रोल्पामा १३ जना पक्राउ
18:15
लापाल रोल्पा, कार्तिक ३ गते
रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं १ को लापालमा मंगलवार बेलुकी गौहत्या गर्दै गरेको अवस्थामा १३ जना स्थानियलाई इलाका प्रहरी कार्यालय होलेरीले पक्राउ गरेको छ । मंगलवार बेलुकी ५ वजे गौहत्या गरी विलो लगायर वाड्ने क्रमममै पक्राउ गरिएको इलाका प्रहरी कार्यालय होलेरीले जनाएको छ ।
पक्राउ पर्नेमा रुन्टीगढी गाउँपालिका वडा नं १ र २ वाट चन्द्रकली घर्ती लगायत १३ जना पक्राउ गरिएको जानकारी प्राप्त भएको छ ।