होलेरी क्षेत्रमा सरसफाइ सम्पन्न
21:30
होलेरी रोल्पा कार्तिक २६
रुन्टीगढी गाउँपालिकाकाे मुख्य बजार क्षेत्र रहेकाे होलेरी बजार सरसफाइ कार्यक्रम सम्पन्न भयको छ ।बजार क्षेत्रमा बिभिन्न चाडबाडले हुने भिडभाडले बजार क्षेत्रमा भएको फाेहोरलाइ ब्यबस्थापन गर्न र बजार बासिलाइ फोहोर बस्थापनमा सक्रिय बनायन रुन्टीगढी गाउँपालिकाले गाउँ नगर प्रहरी तथा इलाका प्रहरी कार्यालय होलेरिको सक्रियतामा सरसफाइ सचेतना फोहोर संकलन तथा ब्यवस्थापन गरेको हो ।बजार क्षेत्रमा तथा नालाहरुमा भएका फोहोरलाइ इलाका प्रहरी कार्यालय होलेरीका प्रमुख तथा प्रहरी निरिक्षक श्री जिबराज थापा क्षेत्रीको नेतृत्वमा खटिएको प्रहरी टाेली बाट फाेहोरलाइ संकलन तथा ब्यबस्थापन गर्ने कार्यलाइ एक अभियानकाे रुपमा सचेतनात्मक प्रभाव पर्ने गरि कार्यक्रम सम्पन्न भएको थियो ।भने उक्त कार्यक्रममा गाउँपालिकाका अन्य कर्मचारी समेतको सक्रिय सहभागित थियो ।