लिम्पियाधुरा सहितको चुच्चे नक्सा सार्वजनिक गर्न ,साहस गर्ने नेता केपी वली हुन्, कमल थापा।।
15:39
चितवन, ११
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले लिम्पियाधुरा सहितको चुच्चे नक्सा सार्वजनिक गर्न ,साहस गर्ने नेता केपी वली मात्रै भएको वताएका छन्। यस्तो कुरा राप्रपाका अध्यक्ष थापाले नेकपा एमालेको १०औं महाधिवेशन चितवनमा वताएका हुन् ।
नेकपा एमालेको १०औं महाधिवेशनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा आक्रामक रुपमा प्रस्तुत भए । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको खुलेर प्रशंशा गर्दै नाकाबन्दी र चुच्चे नक्शाको विषय उठाएका थिए ।
‘भारतीय नाकाबन्दीले देश आक्रान्त थियो,’थापाले भने,‘केपी ओलीको सुझबुझ र मार्गदर्शनमा रहेर हामीले राष्ट्रिय स्वाभिमानमा एक इन्च पनि आँच आउन नदिएर नाकाबन्दी अन्त गर्न सफल भयौं ।’
ओलीले लिम्पियाधुरा समेत समेटेर आफ्नो सीमा रक्षाको लागि चुच्चे नक्शा बनाएर संविधानमा संस्थागत गरेर नेपाल र नेपाली जनतालाई अविस्मरणीय गुन लगाएको थापाको भनाई थियो ।
देशमा योजनावद्ध र संगठित रुपमा धर्म परिवर्तनले सनातन धार्मिक पहिचानलाई समाप्त पार्ने प्रयास भइरहेको थापाको भनाई थियो । उनले ओलीलाई दृढ अडान र राष्ट्रवादी सोच भएको नेता भएको बताए ।
ओलीले पहिलोपटक प्रधानमन्त्री बन्दा चीनसँगको व्यापार पारवहन सम्बन्धी नयाँ खाका निर्माण गर्न सफल भएको समेत बताएका छन् ।