Type Here to Get Search Results !

रोल्पामा बस दुर्घटना घटना स्थलमै ४ जनाको मृत्यु १७ जना गम्भिर घाईते अरुको खोजी कार्य ।।

चेतमान बाँठा मसिंर ०२ होलेरी रोल्पा
रोल्पाको माडि गाउँपालिका ४ तार्केबाङमा बस दुर्घटना भएको छ । दाङको घोराही बाट थवाङका लागि छुटेको बस दुर्घटनामा परेको हो । दुर्घटनामा परि ४ जनाको घटना स्थलमै ज्यान गएको छ भने १७ जना गम्भिर घाइते भएका छन । गम्भिर घाइतेहरुको अहिले घर्तीगाउँको स्मृति हस्पिटलमा प्राथमिक उपचार भइरहेको छ ।
बस सडक बाट १ सय फिट तल माडि खोलामा खसेको रोल्पा प्रहरी प्रमुख डियसपी नरेशराज सुवेदीले जानकारी दिनु भयो । गाडिमा कति जना यात्रुहरु थिए भन्ने एकिन भएको छैन । ना ३ ख ५५१८ नम्वरको बस करिव साढे ६ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।।