Type Here to Get Search Results !

रुन्टीगढी गाउँपालिकाको हिउदे अधिवेशन सम्पन्न

होलेरी रोल्पा मंसिर ९ गते कृषि पर्यटन र पुर्वाधार,रुन्टीगढी संवृद्धिको आधार भन्ने मुल नाराको साथमा रुन्टीगढी गाउँसभाको दशौं बैठक सम्पन्न भएको हो । आर्थिक वर्ष २०७८÷७९ को वजेत तथा कार्यक्रमहरु शंसोधन सम्वन्धी बसेको गाउँसभाको दशौ बैठकले विभिन्न ऐन,कार्यविधि तथा कार्यक्रमहरु शंसोधन गरी सर्वसम्मत पारित गरेको छ । रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाको अध्यक्षतामा सम्पन्न भएको गाउँसभाको दशौ बैठकमा उपाध्यक्षमा छमायाँ पुन,प्रमुख प्रशासकिय अधिकृत बासुदेव भट्टराई, प्रवक्ता जगत बहादुर घर्ती लगायत गाउँसभा सदस्यहरुको उपस्थिती रहेको थियो । बैठकको सहजीकरण प्रमुख प्रशासकिय अधिकृत बासुदेव भट्टराइले गर्नु भएको थियो।।