Type Here to Get Search Results !

नेकपा माओवादी केन्द्र रुन्टीगढीको दोश्रो अधिवेशन सम्पन्न

होलेरी रोल्पा मंसिर १२ गते नेपालमा विभिन्न राजनैतिक दलहरु अधिवेशनमा होमियको यो समयमा रुन्टीगढी गाउँपालिकामा नेकपा माओवादी केन्द्रले दोश्रो अधिवेशन सर्वसम्मत सम्पन्न गरेको छ । गाउँपालिकाको दोश्रो अधिवेशनवाट जगत बहादुर घर्तीको नेतृत्वमा उपाध्यक्षहरु गौ प्रसाद पुन,चन्द्रकली घर्ती, ओम प्रकाश पुन सचिवमा मिन बहादुर थापा, सहसचिवमा देवेन्द्र परियार र कोषाध्यक्षमा जंग बहादुर घर्ती लगायत ५५ जना सदस्य गाउँ संगठन कमिटी गठन समेत गरिएको छ ।
अधिवेशन शुरु हुनुपुर्व नेकपा माओवादी केन्द्रका पार्टीकार्यकर्ता तथा सुभेच्छुकहरुले मोटरसाईकल र्याली र स्थानिय बाजागाजा संगै बजार परिक्रमा गरि कोणसभामा परिणत भएको थियो। कार्यक्रममा नेपाल कम्युनिष्ट पाटी माओवादी केन्द्रका जिल्ला सदस्य जगत बहादुर घर्तीको अध्यक्षता तथा प्रमुख अतिथी माओवादी केन्द्र का केन्द्रीय सदस्य तथा नेपाल सरकारको स्वास्थ्य तथा शिक्षा विभागका सभापती जयपुरी घर्ती रहनु भएको थियो। यस्तै विशिष्ट अतिथीमा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य गोविन्द पुन नजर , नेकपा एमालेका रुन्टीगढी गाउँसंठन कमिटीका अध्यक्ष गोपाल डाँगी,नेपाली कांग्रेस का रुन्टीगढीका सभापती जनक पुन लगायतको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी समेत रहनुभएका नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य घर्तीले जनताको अपेक्षा र चाहाना अनुरुप काम गर्नको लागी सम्पुर्ण नेता तथा कार्यक्रताहरुमा आग्रह समेत गरिएको थियो ।