Type Here to Get Search Results !

महिला कानुनी अधिकार सम्वन्धी तालिम रोल्पाको होलेरीमा

होलेरी रोल्पा,मंसिर १३ रुन्टीगढी गाउँपालिका अन्र्तगत महिला ,बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा सोमवार रोल्पाको होलेरीमा महिला कानुनी अधिकार सम्वन्धी तालिमको उद्घाटन सम्पन्न भएको छ । ३ दिन सम्म चल्ने सो तालिममा रुन्टीगढी गाउँपालिकाका विभिन्न सहकारी संस्था तथा महिला समुहवाट करिव ३० जना स्थानिय महिलाहरुको उपस्थितीमा तालिमको उद्घाटन गरिएको हो । तालिममा महिला अधिकार तथा कानुनी ब्यबस्था सम्वन्धी छलफल भएको छ । रुन्टीगढी गाउँपालिकाका उपाध्यक्ष छमायाँ पुन को सभाध्यक्षमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथीमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बासुदेव भट्टराई लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको उद्घाटन सत्रमै पालिकाका उपाध्यक्ष छमायाँ पुन , प्रमुख प्रशासकिय अधिकृत बासुदेव भट्टराई र स्थानिय आम तालिममा सहभागी महिलाहरुविच सहकारी ,महिला समुह,महिला कानुनी अधिकार बिषय सम्वन्धी बृहत छलफल भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत भट्टराईले सहकारी विषयक सम्वन्धी जानकारी दिदै आजको वचत भोलीको सुनिश्चीत भविष्य भएको हुँदा आज देखिनै बचत गर्नको लागी बानी बसाल्न सम्पुर्ण तालिममा सहभागी महिलाहरुमा आग्रह गर्नुभएको छ । तालिमको उद्घाटन सत्रको समापन गर्दै उपाध्यक्ष छमायाँ पुनले समुह तथा सहकारीमा रहेर काम गर्दा बचत गर्ने बानीको विकास को साथसाथै सकारात्मक ब्यबहार तथा आनीबानीमा परिवर्तन हुने कुरामा जोड दिनुभएको छ । कार्यक्रमको सहजीकरण महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका शाखा प्रमुख शिला मल्लले गर्नु भएको थियो ।