Type Here to Get Search Results !

दुबै मृगौला फेल रामसिंङ बिश्वकर्मा बचाउ अभियान सुरु ।।

चेतमान बांठा
१४ मसिंर २०७८ होलेरी रोल्पा दुवै मृगौला फेल भएर पीडित बनेका रामसिंङ बिश्वर्कमा बचाउ अभियान चलाउदै पत्रकार चेतमान बांठा र बिरेन्द्र घर्ती ले रोल्पा को होलेरी बाट अभियान सुरु गरेका छन
रोल्पा को रुन्टिगढि गा. पा वडा नं. ५ जस्पुर निवासी ३१ बर्षीय रामसिङ बिश्वर्कमाको दुवै मृगौला फेल भएपछि अहिले उनी जीवन मरणको दोसादमा बाँचिरहेका छन् । ३१ वर्षको उमेरमा नै दुवै मृगौला फेल भएपछि राम्रो खाने, लाउने उनको सपनामाथी अहिले रोग पहाड बनेर उभिएको छ । तर जीवन मरणको दोसादमा रहेका उनलाई नयाँ जीवन पाउने आशा पनि त्यत्तिकै छ ।
बुवा मुमानसिह बिश्वकर्मा र आमा धनसरी बिश्वकर्माको कान्छो छोरा रूपमा जन्मिएका रामसिंङ बिश्वर्कमा लोकदोहोरी गायक,डिजिटल मिडिया पत्रकार, दाङ जिल्ला यसोसियसन सदस्य, लोक तथा दोहोरी गीत प्रतिस्ठानको सहसचिब,र स्वर्गद्वारी ए.फ.एमका कुशल कार्यक्रम सन्चालक हुन,
केही भएको पैसा पनि उपचारको क्रममा सकिएपछि अहिले आर्थिक अभावले उनको पिडालाई झन् बल्झाईरहेको छ । नयाँ जीवनको आशामा बाँचिरहेका पिडित रामसिंङ सहयोगको लागि सबै सामु अपिल गरेका छन् ।
नेपाल भारत मैत्री हस्पिटल तथा चेष्ट सेन्टर काठमाडौंमा उपचार गरिरहेका रामसिंङ को आर्थिक अवस्था निकै कमजोर भएकाले थप उपचारका लागि आर्थिक समस्या भएको हो । उन को उपचार को लागी सम्पर्क मोबाइल नं. 9860207171 र 9742252101 मा सम्पर्क गरि सहयोग गर्न पनि अपिल गरेका छन,