Type Here to Get Search Results !

नेपाल शिक्षक महासंघ रुन्टिगढी गाउँ समिती को द्रोसो अधिबेशन सम्पन्न अध्यक्षमा भिम दशैदी पुन: चयन ।।

१४ मसिंर २०७८ होलेरि रोल्पा ।
नेपाल शिक्षक महासंघ रुन्टिगढी गाउँ समिती को द्रोसो अधिबेशन सम्पन्न भएको छ । रुन्टिगढी गाउँपालिका का अरिब १०० जना शिक्षकहरुको उपस्थितिमा सम्पन्न भएको अधिबेशन को सभा अध्यक्ष मा भिम दशौदी रहनु भएको थियो।
नेपाल शिक्षक महासंघ रुन्टिगढी गाउपालिका स्तरिय कार्यक्रम को प्रमुख अतिथीमा गाउपालिकाका उपाध्यक्ष छंमाया पुन विशिष्ट अतिथीमा नेपाल शिक्षक महासंघ रोल्पा जिल्ला उपाध्यक्ष रिम ब. डागी त्यसैगरी अतिथीहरुमा नेकपा एमाले रुन्टिगढी गाउँ संघठन समिती का अध्यक्ष गोपाल डागी, नेकपा माओवादी केन्द्रका अध्यक्ष जगत ब. घर्ती, नेपाली काङ्ग्रेस रुन्टिगढीका प्रतिनिधि हरि बि.क, रुन्टिगढी गाउपालिका का सामजिक विकास संयोजक याम ब. दशौदी राणा, रुन्टिगढी गा.पा का प्रमुख प्रशासकीय अधिकृत बासुदेब भट्टराई लगाएत विभिन्न पेशागत शिक्षक संघ संघठनहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम मा बोल्ने प्रमुख अतिथी, विशिष्ट अतिथी लगाएत अन्य अतिथीहरुले शिक्षक मा भएको विभिन्न पेशागत समस्यहरुलाइ उजागर गर्नको लागी सम्बन्धित निकाय सम्म ती समस्याहरु लग्नको लागी ठुलो भुमिका खेल्नु पर्ने कुरामा जोड दिएका थिए।
आज बसेको नेपाल शिक्षक महासंघ रुन्टिगढी गाउँ समितिले अध्यक्षमा भिम दशौदी, सह- अध्यक्ष केशर घर्ती, उपाध्यक्ष चेतलाल डागी, सचिव शिवराज शर्मा, सह- सचिव अर्थमा शिवराज घर्ती लगाएत १७ सदस्य कार्यसमिती चयन गरिएको बताएइको छ, कार्यक्रम को सहजीकरण नेपाल शिक्षक महासँँघ का लक्षिराम थापाले गर्नु भएको प्राप्त खबरमा उल्लेख गरिएको छ ।।।