Type Here to Get Search Results !

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाका कर्मचारी गरे यस्तो डरलाग्दो ठगि धन्दा ।।

चेतमान बाँठा मसिंर ०३ होलेरी रोल्पा
आरम्भ चौतारी लघुवित्त वित्तीय नामको एक संस्थाले रोल्पाको रुन्टिगढी गा. पा वडा नं. ४ सुर्पाल रोल्पामा शांखा कार्यालय स्थांपना गरी कारोबार संचालन गरीरहेको संस्थाका कर्मचारीहरु बाट डरलाग्दो ठगि धन्दा भएको बताइएको छ । संस्थामा आबद्ध स्थानीय चम्फि बाँठाले आफु ठगीमा परेको बताउनु भएको हो । संस्थामा आफ्नो नाम दर्ता गरेका चम्फि बाँठाले केहि ऋण आवश्याक भएकोले ऋण माग गर्दा ऋण नदिएर कर्मचारी ले नै नक्कली कागजपत्र तयार पारी व्यक्तिकै नाममा लाखौ पैंसा झिकेर चौतारिकै कर्मचारिले झ्वाम पारेको बाँठाले बताउनु भएको छ।
उक्त शाखामा कार्यरत धर्मजित वलि,( शाखा अनुगमन ) बालकुमार परियार,(शाखा प्रबन्धक), ललित जङ शाही ( शाखा प्रबन्धक), हेमराज पुन(कर्मचारी ), अमित कुमार ओखेडा (कर्मचारी ), को मिलिमतोमा ४२ जनाको नाममा नक्कली कागजपत्र तयार पारी ४८ लाख ऋण झिकेर ठगी गरेको शाखा अधिकृत हरी चन्द्र बुढा बताउनु भयो ।। आरम्भ चौतारी संस्थाकै शाखा अधिकृत हरी चन्द्र बुढा अनुसार आरोपितहरु माथी छानबिनको प्रक्रिया अगाडि बढाइएको छ, । ठगीहरु न्याय पाउनको लागी जिप्रका रोल्पा सम्म गएको स्थानियले बताएका छन् । ठगीमा परेका ४२ जनाले न्यायको लागी अदालत सम्म जादा लाग्ने वाफत को खर्च संस्थालले बेहोर्ने पनि शाखा अधिकृत हरी चन्द्र बुढा बताउनु भयो ।। ठगीमा परेका ४२ जना न्याय प्राप्तीका लागी सबै कानुन अनुसार अगाडी बड्ने बताएका छन् ।।