Type Here to Get Search Results !

बिजुली बत्ती बलेपछि लामिडाँडाका स्थानीय हर्षित।।

चेतमान बांठा
०३ पुस ०७८ /// रोल्पाको रुन्टिगढी गाउपालिका वडा नं. -२ लामिडाँडा मा विधुतको केन्द्रीय प्रसारण लाइन बिस्तार गरिएको छ । उर्जा जलस्रोत तथा सिचाइ मन्त्री बर्षमान पुन, राेल्पा बिधुत प्राधिकरण का प्राविधिक प्रमुख उच्चतम घर्ती, रोल्पा बिधुत प्राधिकरणका प्रमुख शम्भु मण्डलको सहजीकरण र जयपुरी घर्ती काे विषेश पहल बाट विनियोजित बजेट मा पुर्णरुपमा बिधुत विस्तार भएकाे छ । केही ठाउँहरुमा बाकि रहेकाे मा पनि छिटै सञ्चालन हुने समेत जानकारी दिनुभएकाे छ। विद्युतको पोल राख्ने, तार टाँग्ने, घर–घरमा वायरिङ गर्नेलगायतका काम सम्पन्न भएपछि सनिवार वडा नं. -२ का वडा अध्यक्ष पुनराम पुनले स्वीच अन गरेर विद्युत उद्घाटन गरेका हुन्। सोलार र टुकी प्रयोग हुँदै आएको गाउँमा विद्युत विस्तार हुँदा लामिडाँडा अहिले गाउँ नै झिलीमिली बनेको छ। केन्द्रीय प्रशारण लाईनको पहुँच विस्तार भएपछि स्थानीय हर्षित भएको खबर प्राप्त भएको छ ।।