Type Here to Get Search Results !

कोरेसिया पठाइदिन्छु भन्दै काठमाडौमा एक एजेन्टले चलाए ठगी धन्दा,दलाललाई युवाहरुले यसरी गरे पक्राउ।।

रोल्पा, होलेरी २८ मसिंर २०७८ बिरेन्द्र घर्ती कोरेसिया पठाइदिन्छु भन्दै रुन्टिगढी गाउपालिका निवासी एजेन्ट राज बहादुर रोका ले रोल्पा दाङ लगाएतका ठाउहरुका ४० युवालाई ठगी गरेका छन, । कोरेसिया को ठूलो पर्लोभन देखाउदै राज बहादुर रोका ले ४० जना युवाहरूलाई पर्ती ब्यक्ति बचास हजार देखि एक लाख पचास हजार सम्म असुल गर्दै करिव १५ महिना देखि अल्पत्र पारिरहेका थिए, ती ४० जना युवाहरु मध्य करिव ७ जना युवा १०र१२ दिन देखि ती एजेन्ट राज ब रोका को काठमाडौमा आएर खोजी कार्य गरिरहेका थिए,उनिहरुले एजेन्टलाइ कुनैपनि ठाउमा भेटन नसकेपछि नयाँ बसपार्क काठमाडौ प्रहरी चौकी लाई जानकारी गराएका थिय,अन्ततः प्रहरी सङ्गको समोन्य पछि एजेन्ट राज बहादुर रोका लाई पक्राउ गर्न समेत सफल भएका हुन। उक्त एजेन्ट राज बहादुर रोका लाई प्रहरी चौकी बसपार्क ले पक्राउ गरेता पनि प्रहरी ले ती पिडित युवाहरुलाइ यो हाम्रो काम होइन भन्दै कुनैपनि वास्ता नगरेको ती युवाहरुले गुनासो गरेका छन भने उक्त एजेन्टलाइ युवाको साथमा छोडिदिएको समेत ती युवाले बताएका छन। युवाहरु भन्छन एजेन्ट लाई हामीले प्रहरी चौकिमा बुझाइकै हो तर प्रहरीले हाम्रो काम होइन भन्दै वास्ता नगरी हाम्रो जिम्मा लगाएको छ,एजेन्ट हाम्रो हातमा छ,कोरेसिया जाने सपना त चक्नाचुर भयो अब हामी कोरेसिया जान चाहानौ हामिलाइ हाम्रो पैसा चाहियो होइन भने एजेन्टलाइ जे पनि गर्न सक्ने ती युवाहरुले बताएका छन।।