Type Here to Get Search Results !

पालिका स्तरीय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका को ३ दिने रिफ्रेसर तालिम रोल्पाको होलेरी मा सुरु

होलेरी रोल्पा मंसिर २९ रुन्टीगढी गाउँपालिकाको आयोजनामा पालिका स्तरीय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका को ३ दिने रिफ्रेसर तालिम रोल्पाको होलेरी मा सुरु भएको छ । तालिममा महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई ग्रामिण स्तरमा केके काम कसरी गर्ने भन्ने सम्वन्धमा तालिम संचालन गरिएको रुन्टीगढी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गणेश बुढाले जानकारी दिनुभएको छ । तालिमको अध्यक्षतामा रुन्टीगढी गाउपालिकाका अध्यक्ष बालाराम बुढा , यस्तै अथिती हरुमा उपाध्यक्ष छमाया पुन ,निमित्त प्रमुख प्रशासकीय अधिकृत झग्गु केसि ,लेखा शाखा बाट गोपाल पोख्रेल ,स्वास्थ्य शाखा का प्रमुख गणेश बुढा र मालती बस्नेत लगायत करिब २० जना महिला स्वास्थ्य स्वयंसेविका को उपस्थिति रहेको जानकारी प्राप्त भएको छ ।